टिनएजरमा डिप्रेसन
DR Gurung
अहिलेको व्यस्त समय तथा त्यस सँगै आउने विभिन्न समस्याले मानिसमा डिप्रेसन बढ्दो छ जसबाट किशोर-किशोरी देखि वृद्द-वृद्दा सम्म कोही अछुतो छैनन्। अझ किशोर अवस्थामा त अन्जानमै डिप्रेसनको सिकार हुनेहरु प्रशस्त पाइन्छन्।
डिप्रेसन के हो ? What is Depression ?
डिप्रेसन एक प्रकारको रोग हो। केही समयका लागि हीन अथवा कम मनोबल भएको महसुस गर्नु सामान्य कुरा हो तर यस्तो भावना लामो समय सम्म रहँदा तथा कुनै कुरामा पनि रुचि नराख्दा मानिस डिप्रेसनको सिकार हुन्छ।
कति सम्म सामान्य ? Normal stage of Depression.
अहिले यो रोग चारै तिर फैलिएको पाइन्छ। विस्वमा हरेक दिन पाँच जना डिप्रेसनमा परेको पाइन्छ। बढ्दो आधुनिकता, भागदौड तथा प्रतिस्पर्धाले भरिएको जीवनले गर्दा डिप्रेसन बढ्दो छ। विस्व प्रख्यात विन्स्टन चर्चिल तथा अब्राह्म लिंकन पनि केहि समय यो रोगबाट पिडित थिए। प्राचीन समयमा महाभारतका मुख्य नायक अर्जुन पनि डिप्रेसनमा परेको पाइन्छ। अहिलेको समयमा तनाव, सामाजिक एवं पारिवारिक कारणले गर्दा पनि डिप्रेसनको घटना बढ्दो क्रममा छ। डिप्रेसनलाई भावनात्मक बिरामी पनि भन्न सकिन्छ। चिकित्सकको सल्लाह तथा निर्देशनमा यो रोग ठिक हुन सक्छ।
कसलाई हुन्छ डिप्रेसन ? What kind of people suffers from Depression ?
डिप्रेसनको लागि यही नै एउटा प्रमुख कारण हो भन्ने हुँदैन। यसमा हरेक प्रकारका बाहिरी तथा भित्री कारणले बिसेष प्रभाब पारेका हुन्छन्। मस्तिस्कमा रासायनिक असन्तुलनले गर्दा किशोर-किशोरीहरु डिप्रेसनमा पर्दछन्। डिप्रेसनका लागि तीन प्रमुख कुरालाई जिम्मेवार मानिन्छ।
अनुवांशिकताका साथै मनोवैज्ञानिक एवं सामाजिक कारणले गर्दा मानिस डिप्रेसनमा पर्छ। त्यसमा पनि पहिलेका दुई कारणले मानिसमा हीनताबोध गराउँछ भने सामाजिक कारणले मानिस डिप्रेसनमा पर्छ।
किशोरावस्थामा केटीमा भन्दा केटामा डिप्रेसनका घटना बढी पाइन्छ भने १५ वर्ष सम्मका किशोरीको तुलनामा किशोरीहरूमा डिप्रेसन हुने सम्भावना दुई गुणा बढी हुन्छ।
आनुवांशिक कारण
परिवारका कुनै सदस्यमा यो रोग छ भने त्यसको असर बालबालिकामा पनि पर्छ। त्यसमा पनि जुम्ल्याहा बालबालिकामा बढी मात्रामा हुने संभावना हुन्छ।
मनोवैज्ञानिक कारण
बिषादकारी रोगका केही सामान्य मनोवैज्ञानिक कारण यस प्रकार छन् :-

- बढी आकाँक्षा।
- कठोरपन।
- लगातार दोषी साबित हुनु।
सामाजिक कारण
अध्ययनमा असफलता, रोग, नजिकको मानिसको मृत्यु, पारिवारिक सम्बन्धमा उतारचढाब आदि कारणले पनि मानिस डिप्रेसनमा परेको पाइन्छ।
डिप्रेसन चिन्ने उपाय व्यक्ति अनुसार
हरेक व्यक्तिमा फरक-फरक लक्षण देखा पर्न सक्छ। हाम्रो सन्दर्भमा शारीरिक लक्षण भन्दा भावनात्मक लक्षणलाई बढी मान्यता दिईएको पाइन्छ। डिप्रेसनको लक्षण प्राय: थकान, शरीर दुख्ने, केही गर्न जाँगर नचल्ने, झर्को लाग्ने, आदि हुन्छ।
केही समयका लागि उदासी
यस्तो डिप्रेसन सामान्यतय कुनै ठूलो चोट अथवा आफ्नो नजिकको मानिसको मृत्युमा हुन्छ। यसले मानिसमा निम्न प्रकारको प्रवृत्ति उत्पन्न गर्छ :-
- अनियन्त्रित रुपमा रुनु।
- खान मन नलाग्नु।
- आफ्नो रुचिको काम तथा यौन जीवनमा मन नलाग्नु।
हल्का डिप्रेसन
- साथीहरुको संगतमा मन नलाग्नु।
- आफूलाई अपराधी तथा काम नलाग्ने सम्झन थाल्नु।
- कम उर्जा खपत हुने तथा सानो काममा पनि धेरै समय लाग्नु।
गम्भीर डिप्रेसन
गम्भीर डिप्रेसनमा परेका मानिसलाई उनीहरुको जीवननै समाप्त भएको महसुस हुन्छ। जीवनदेखि माया मार्नु तथा केही गर्न मन नगर्नु गम्भीर डिप्रेसनको लक्षण हो। यस्ता बिरामी मानिसहरु सँग भेटघाट गर्नमा मन नगर्ने तथा भीड-भाडमा पनि आफुलाई एक्लो महसुस गर्ने खालका हुन्छन्। यस्ता मानिसले प्राय: आत्महत्याका बारेमा पनि सोचेको पाइन्छ। यस्ता मान्छेलाई तत्काल डाक्टर कहाँ लानु पर्छ।
ध्यान दिनुपर्ने कुराहरु
कुनै व्यक्तिमा तल दिईएका मध्य कुनै ५ कुरा मिले उसलाई डाक्टर कहाँ लगेर उपचार गराउनु आवश्यक हुन्छ :-
- भोक तथा भोजनमा कमी अथवा वृद्दि।
- उर्जामा क्षति तथा छिटो थाक्नु।
- सामान्य कार्यमा रुचि नलाग्नु।
- आफ्नो निर्णयमा ध्यान नजानु तथा काम पुरा गर्न सफल नहुनु।
- सुतेको अवस्थामा उत्तेजना।
- हीन भावनाको विकास तथा अपराध बोध।
- पटक-पटक आत्महत्याका बारेमा सोच्नु।
- नचाहिने कुरा मनमा खेल्नु।
- विध्यालय तथा क्याम्पस जान मन नलाग्नु।
- ओछ्यानमा पिसाब फेर्नु।
- पढाई बिग्रनु।
कसरी आफूलाई सम्हाल्ने
सबैभन्दा राम्रो आँफैलाई नियन्त्रणमा राख्ने। सकेसम्म एक्लै नबस्ने। आफुलाई काममा सक्रिय गराउने। त्यसै गरी यो समस्या एकदिनमा ठीक हुन्छ भनेर सोच्नु हुँदैन। यो समस्या विरुद्ध लड्न सकिन्छ। यो उपचार गर्न सकिने भएकोले यसमा फसेका व्यक्तिले हिम्मत गरेर मुक्ति प्राप्त गर्न सक्छन्।
रोगको पहिचान
डिप्रेसनमा परेपछि त्यसको पहिचान आवश्यक छ। आफुले आफुलाई चिन्न सक्नु पर्छ। त्यसका लागि चिकित्सक सँग सल्लाह लिन सकिन्छ। समयमै सही मार्ग दर्शन लिन सके यो समस्याबाट मुक्त हुन सकिन्छ।
केही समाधान
औषधि
डिप्रेसनमा परेका मानिसले मानिसहरु सँग घुलमिल मात्र नगरेर चिकित्सकको सहयोगमा औषधि पनि सेवन गर्नु पर्छ। समय-समयमा चिकित्सकसँग भेट्ने र दिईएको औषधि निश्चित समय र मात्रामा खाने गर्नुपर्दछ। औषधिको सेवन नियमित रुपमा गर्ने र त्यसको असर छिटो भएन भनेर आत्तिने काम पनि नगर्ने किनभने औषधिले बिस्तारै असर गर्छ।
मनोचिकित्सा
मनोचिकित्सक सँग पनि सल्लाह लिनु पर्ने हुन्छ। मनोचिकित्सक सँग डिप्रेसनका बारेमा सर-सल्लाह गर्नु फाईदाजनक हुन्छ।
के म फेरी सामान्य हुन सक्छु ?
हरेक व्यक्तिमा भएको डिप्रेसन हटाउन सकिन्छ तर त्यसको उपचारमा केही समय लाग्न सक्छ। यसको लागि नियमित रुपमा चिकित्सकको सल्लाह लिनु पर्दछ र आफुलाई पनि स्वतन्त्र रुपमा छोड्नु पर्दछ। यसका लागि परिवार तथा साथिभाइको सहयोग पनि लिन सकिन्छ। यस्तो बेलामा फेरि पनि डिप्रेसनमा पर्ने डर हुन्छ। त्यसैले निराश नभई सजग रहनु पर्दछ। सकारात्मक दृष्टिकोण राख्दा डिप्रेसन बाट मुक्ति मिल्नुका साथै जीवन पनि सुन्दर हुन्छ। मनोवैज्ञानिक, शारीरिक तथा सामाजिक वाधाहरुमा नअल्मल्लिई आफ्नो प्राथमिकता तर्फा लाग्नुपर्छ। यसो गर्दा सामान्य तथा सुखी जीवन बिताउन सकिन्छ।
डिप्रेसनको रोकथाम
डिप्रेसन भएका व्यक्ति प्राय: असहाय स्थितिमा फस्छन्। म केही गर्न सक्दिन, मेरो जीवन व्यर्थ छ भन्ने भावना मनमा आउन दिनु हुँदैन। त्यसै गरि सानो तथा आफुले पुरा गर्न सक्ने लक्ष्य राख्नु पर्दछ। यसले गर्दा बिस्तारै आफ्नो मनोबल बढ्दै जान्छ। मनोबल बढाउंदै लान आफूमा केही गर्छु भन्ने भावनाको विकास गर्न सक्नुपर्छ।
निम्न कुराबाट लाभ लिन सकिन्छ
- सकारात्मक कुराको विकास।
- आफ्नो आवस्यकता, विचार तथा भावनामा दृढ विश्वास।
- अनावस्यक तनाव बाट जोगिने।
- आफूलाई पूर्णरुपमा सहयोग, माया तथा विश्वास गर्ने साथीसँग कुराकानी गर्ने।
Tags
DR Gurung
A Learner
(अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.
However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.
To add an image:
[image] image_url [/image]
To add a code block:
[code] your_code [/code]
To add a quote:
[quote] your_quote [/quote]
To add a link:
[link] your_link_text | link_url [/link]