Chikitsa Bigyan ra Ayurved Chikitsa Notes | Class 10 | Nepali | Unit-3 (चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा)
आयुर्वेद चिकित्सा). CDC updated course content for the year 2082 for class 10 Nepali.
Ministry of Education, Science & Technology, Curriculum Development Center, Sanothimi Bhaktapur.
In this article, we will explore the essence of traditional healing practices and delve into the rich wisdom of Ayurveda.
Chikitsa Bigyan Ra Ayurved Chikitsa, or the Science of Medicine and Ayurveda, is an enlightening chapter that takes us on a journey through ancient healing traditions.
These all solutions are based on new curriculum set by government of Nepal published on 2080 B.S. And, it is based on Nepali book Published by Janak Publication.
If you find this guide helpful, feel free to share it with your friends and bookmark this page.
SEE Class 10 Compulsory Nepali | All Units Notes:
- Ujyalo Yatra Notes | Class 10 | Nepali | Unit-1 (उज्यालो यात्रा)
- Ghar Jhagada Notes | Class 10 | Nepali | Unit-2 (घरझगडा)
- Chikitsa Bigyan ra Ayurvedic Chikitsa Notes | Class 10 | Nepali | Unit-3 (चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा)
- Yasto Kahilei Nahos Notes | Class 10 | Nepali | Unit-4 (यस्तो कहिल्यै नहोस्)
- Laxmi Prasad Devkota Notes | Class 10 | Nepali | Unit-5 (लक्ष्मीप्रसाद देवकोटा)
- Adhikar Thulo ke Kartavya Thulo Notes | Class 10 | Nepali | Unit-6 (अधिकार ठुलो कि कर्तव्य ठुलो?)
- Satru Notes | Class 10 | Nepali | Unit-7 (शत्रु)
- Nepali Hamro Shram ra Sip Notes | Class 10 | Nepali | Unit-8 (नेपाली हाम्रो श्रम र सिप)
- Mero Desh Ko Shikshya Notes | Class 10 | Nepali | Unit-9 (मेरो देशको शिक्षा)
- Byabsayik Chithi Notes | Class 10 | Nepali | Unit-10 (व्यावसायिक चिठी)
- Kartabya Notes | Class 10 | Nepali | Unit-11 (कर्तव्य)
- Pablo Picasso Notes | Class 10 | Nepali | Unit-12 (पाब्लो पिकासो)
- Pakhnos Notes | Class 10 | Nepali | Unit-13 (पख्नोस्)
- Gharko Maya Notes | Class 10 | Nepali | Unit-14 (घरको माया)
- Gaumathi euta Kabita Notes | Class 10 | Nepali | Unit-15 (गाउँमाथि एउटा कविता)
- Aayam Notes | Class 10 | Nepali | Unit-16 (आयाम)
Chikitsa Bigyan ra Ayurved Chikitsa Notes Class 10 Nepali Unit 3 Questions Answers/Notes is given below:
View All SEE Class 10 Nepali Notes:
SEE Class 10 Compulsory Nepali | All Units Notes and Question Papers Collection.
चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा
अभ्यास
शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट खोजेर लेख्नुहोस् :
(क) स्नायुसम्बन्धी रोग
(ख) बात, पित्त र कफसम्बन्धी दोष
(ग) चिरफारका पद्धतिले गरिने रोगको उपचार
(घ) हानि वा घात पुऱ्याउने
(ङ) प्रतिरोधका लागि तयार पारिएको
उत्तर:
(ख) बात, पित्त र कफसम्बन्धी दोष : त्रिदोष
(ग) चिरफारका पद्धतिले गरिने रोगको उपचार : शल्यक्रिया
(घ) हानि वा घात पुऱ्याउने : घातक
(ङ) प्रतिरोधका लागि तयार पारिएको : प्रतिरोधात्मक
२. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द | अर्थ |
---|---|
प्रादुर्भाव | शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग |
अत्युक्ति | प्रतिबन्ध वा रोक लगाउने काम |
अद्यावधिक | कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव |
त्रिदोष | आजसम्मको अवस्था, विगतदेखि हालसम्म |
निषेध | बढाइचढाइ गरिने वर्णन वा कथन |
अधीरता | अनुशासनमा रहेको |
खारिएको | |
धैर्य नभएको अवस्था, अस्थिर |
उत्तर:
शब्द | अर्थ |
---|---|
प्रादुर्भाव | कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव |
अत्युक्ति | बढाइचढाइ गरिने वर्णन वा कथन |
अद्यावधिक | आजसम्मको अवस्था, विगतदेखि हालसम्म |
त्रिदोष | शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग |
निषेध | प्रतिबन्ध वा रोक लगाउने काम |
अधीरता | धैर्य नभएको अवस्था, अस्थिर |
३. चिकित्सा क्षेत्रमा प्रयोग हुने दिइएका प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशका सहायताले सहायताले तिनको अर्थ लेख्नुहोस् :
आयुर्वेद, एलोप्याथिक, वैकल्पिक चिकित्सा, होमियोप्याथिक चिकित्सा, शल्यक्रिया, पक्षाघात, आकस्मिक उपचार, निर्मूलीकरण
उत्तर:
आयुर्वेद | पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग पहिचानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरेर वा शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्राचीन चिकित्सा शास्त्र |
---|---|
एलोप्याथिक | पाश्चात्य आधुनिक चिकित्सा पद्धति, डाक्टरी उपचार चिकित्सा पद्धति |
वैकल्पिक चिकित्सा | विकल्पमा आउने इलाज वा उपचार |
होमियोप्याथिक चिकित्सा | होमियोप्याथीसम्बन्धी उपचार |
शल्यक्रिया | चिरफारद्वारा शारीरिक उपचार गरी ठिक पार्ने काम, शल्यचिकित्सा |
पक्षाघात | शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग, वायुविकार वा रक्तचापको कारणबाट शरीरको दायाँ वा बायाँ भाग निश्चेष्ट हुने अवस्था |
आकस्मिक उपचार | अकस्मात् भएको कार्य, दुर्घटना वा रोगमा गरिने इलाज |
निर्मूलीकरण | निर्मूल पार्ने काम, उन्मूलन |
४. 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धमा प्रयोग भएका कुनै पाँचओटा पारिभाषिक प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस्।
उत्तर :
हृदयाघात | हृदयाघातका कारण बर्सेनि हजारौं मान्छेको ज्यान जाने गर्छ। |
---|---|
वैद्य | आयुर्वेद चिकित्सा विधिको ज्ञातालाई वैद्य भनिन्छ। |
उपचारात्मक | रोग लागेपछि उपचारात्मक पद्धति अपनाउनु आवश्यक छ। |
मनो चिकित्सा | मानसिक रोग निदानका लागि मनो चिकित्सा आवश्यक पर्छ। |
चिकित्सा | चिकित्साबाट धेरै मानिसको रोगको उपचार भएको छ। |
बोध र अभिव्यक्ति
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध कति अनुच्छेदमा संरचित छ ?
उत्तर : चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध १२ अनुच्छेदमा संरचित छ।
(ख) वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र लामो अनुच्छेद कुन हो ?
उत्तर : वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र लामो अनुच्छेद तेस्रो हो।
(ग) निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु कुन अनुच्छेदमा रहेको छ ?
उत्तर : निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु पाँचौं अनुच्छेदमा रहेको छ।
(घ) निबन्धको अन्तिम अनुच्छेदको आशय के हो ?
उत्तर : निबन्धको अन्तिम अनुच्छेदको आशय निरोगी र सुखी जीवन बाँच्नु छ भने आयुर्वेद चिकित्सा पद्धतिको प्रयोग गर्नुपर्छ भन्ने हो।
५. दिइएको निबन्धाश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
(क) निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ ?
उत्तर : निबन्धांशमा चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक शाखाको चर्चा गरिएको छ।
(ख) प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ ?
उत्तर : पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाई कार्यक्रम जस्ता सेवाबाट उपचार गरिने पद्धति प्रवर्धनात्मक उपचार पद्धति हो।
(ग) उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन् ?
उत्तर : उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा, आयुर्वेद चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा पद्धति पर्छन्।
(घ) तपाईंलाई कुन उपचार पद्धति मन पर्छ, किन ?
उत्तर : रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै स्वास्थ्य सेवा प्रदान गरिने भएकोले मलाई निरोधात्मक उपचार पद्धति मन पर्छ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्धका आधारमा वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस्।
उत्तर : एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ। यसलाई आधुनिक चिकित्सा विज्ञानको अर्थात् डाक्टरी उपचारका रूपमा समेत हेरिएको छ। एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ। छिटो सन्चो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन्। आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाबाट गम्भीर रोग निको हुनु पनि यसका विशेषता मानिन्छन्। यसका साथै प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठुला सबै रोग निको पार्न प्रभावकारी हुनु, ठुलो रोग लाग्नुअघि नै त्यसलाई रोक्न खोपको व्यवस्था हुनु पनि एलोप्याथी पद्धतिका थप विशेषता हुन्।
उत्तर : आयुर्वेद चिकित्साका धेरै सकारात्मक पक्ष भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ। शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ। यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ। यसको उपचार पद्धतिमा प्रयोग हुने जडीबुटी नेपालमै पाइनु रोगको लक्षणका आधारमा उपचार गरिनु, चिरफार कम हुनु यसका विशेषता हुन्। त्यस्तै रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन्। यसरी रोगको निदान गर्न सरल र सस्तो तरिका हुनु, नेपालमा प्रशस्त जडीबुटी पाइनु, यसमा औषधीको नकारात्मक प्रभाव नहुनु आदि कारणले आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ।
(ग) उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति पर्छन् ?
उत्तर : रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ। उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा पद्धति, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौं उपचार पद्धति रहेका छन्।
(घ) आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन् ?
उत्तर:
आयुर्वेद चिकित्सा पद्धति | आधुनिक चिकित्सा पद्धति |
---|---|
शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ। | यसमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ। |
यसको उपचार पद्धतिमा जडीबुटी प्रयोग हुन्छ। यसलाई प्राकृतिक उपचार पद्धति पनि भनिन्छ। | यसको उपचार पद्धतिमा आधुनिक औषधी, खोप, स्लाइन आदिको प्रयोग हुन्छ। यसलाई डाक्टरी उपचार पनि भनिन्छ। |
उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन्। | छिटो सन्चो हुनु, आधुनिक उपकरण आवश्यक पर्नु, खर्चिलो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन्। |
स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको राम्रो पक्ष हो। | गम्भीर प्रकृति र आकस्मिक उपचार गर्नुपर्ने बिरामीहरुको उपचारका लागि महत्त्वपूर्ण छ। |
उपचार अवधि कहिलेकाहीँ लामो भए पनि रोग फेरि बल्झने सम्भावना कम हुन्छ। | उपचार अवधि केही छोटो भए पनि रोग फेरि बल्झने सम्भावना पनि हुन्छ र औषधीको नकारात्मक असर पनि देखा पर्न सक्छ। |
७. व्याख्या गर्नुहोस् :
(क) आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो।
उत्तर :
आयुर्वेद उपचार पद्धति शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरिन्छ। त्यस्तै रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन्। बिरामी र स्वस्थ दुवै व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो। आयुर्वेद विश्वकै प्राचीन चिकित्साशास्त्र हो। यो अथर्ववेदमा यसको चर्चा छ। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ। ब्रह्मालाई आयुर्वेद ज्ञानका मुख्य स्रोत मानिन्छ। धनवन्तरीलाई आयुर्वेदका सुरुवातकर्ता मानिन्छ। ब्रह्माले यो ज्ञान दक्ष प्रजापतिलाई, प्रजापतिले अश्विनीकुमारहरूलाई, अश्विनीकुमारहरूले भगवान इन्द्रलाई, इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरेको मानिन्छ। रामायण, महाभारतमा पनि आयुर्वेद उपचारको प्रसङ्गका साथै ऋषिहरुले यसको प्रयोगबाट उपचार गरेका प्रसङ्गहरु भेटिन्छन् । आधुनिक चिकित्सा पद्धतिको सुरुआत अठारौं शताब्दीपछि मात्र भएको मानिन्छ। त्योभन्दा पहिला आयुर्वेदिक चिकित्साकै प्रयोग हुँदै आएको थियो। यसबाट पनि स्पष्ट हुन्छ कि आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो।
उत्तर :
नेपाल बहुमूल्य र घातक रोग निको पाने जडीबुटीको अजय भण्डार हो। रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण पाइते हुँदा सञ्जीवनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ। यसबाट परापूर्व कालदेखि नै नेपाल आयुर्वेदिक जडीबुटीको भूस्वर्ग रहेको पुष्टि हुन्छ। विशेषगरी तुलसी, सर्पगन्धा, जटामसी, पदमचाल, पाषाणभेद, सुगन्धवाल, गुर्जो, पाँचऔंले, बोझो, भ्याकुर, सतुवा, चुत्रो, निम, पानीसाज, भोजपत्र, दालचिनी, धतुरो, तेजपात, अमला, धतुरो, पिपल, बर्रो, हर्रो, अमलाजस्ता जडीबुटीले जरादेखि पातसम्म, फूलदेखि फलसम्म तथा बोक्रादेखि बीजसम्म हामीलाई लाभ दिन्छन्। नेपालमा बहुमूल्य र दुर्लभ यार्सागुम्बा पनि पाइन्छ। नेपालका खासगरी उच्च पहाडी क्षेत्र डोल्पा, जुम्ला, मुगु, हुम्ला, मुस्ताङ, दार्चुला, बझाङ, रसुवा, रुकुमलगायतका जिल्लामा प्रशस्त जडीबुटी पाइन्छन्। यी जडीबुटीको सम्भाव्यता अध्ययन गर्ने, उन्नत बीउ विजन तयार गर्ने, यसको गहन तालिम दिने हो भने नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन्।
८. आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षवारे समीक्षा गर्नुहोस्।
उत्तर :
आधुनिक चिकित्सा पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ। यसलाई एलोप्याथी अर्थात् डाक्टरी उपचारका रूपमा समेत हेरिएको छ। यस पद्धतिमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ। छिटो सन्चो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन्। आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाबाट गम्भीर रोग निको हुनु पनि यसका विशेषता मानिन्छन्। यसका साथै प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठुला सबै रोग निको पार्न प्रभावकारी हुनु, ठुलो रोग लाग्नुअघि नै त्यसलाई रोक्न खोपको व्यवस्था हुनु पनि एलोप्याथी पद्धतिका थप विशेषता हुन्। आधुनिक चिकित्साले खोपहरू र धेरै रोगहरूको उपचारमा ठूलो प्रगति गरेको छ। मानिसहरूको औसत आयु बढेको छ। उपचारका क्रममा मेसिनहरूको प्रयोग बढेको छ। आधुनिक चिकित्साले स्वास्थ्य सेवालाई सुलभ र किफायती बनाएको छ।
यति धेरै सकारात्मक पक्ष हुँदाहुँदै पनि यसका नकारात्मक पक्षहरु पनि छन्। आधुनिक औषधी र स्वास्थ्य सेवाको लागत प्रायः अत्यधिक हुन्छ, यसले विपन्न मानिसहरूको लागि पहुँचमा पुगेको छैन औषधीले साइड इफेक्टहरू निम्त्याउन सक्छ, जसले केही अवस्थामा जीवनलाई खतरामा पार्न सक्छ। आधुनिक चिकित्सा कहिलेकाहीं समस्याको मूल कारणलाई सम्बोधन गर्नुको सट्टा लक्षणहरूको उपचारमा धेरै केन्द्रित भएकोमा आलोचना गरिन्छ। एन्टिबायोटिक र अन्य औषधीहरूको अत्यधिक प्रयोगले प्रतिरोधी क्षमतालाई कम गर्दै छ। यो उपचारमा दक्ष जनशक्तिको अभाव हुनु, औषधीका नकारात्मक असर देखिन सक्नु, औषधी महँगो पर्ने हुँदा गरिबहरुको पहुँचभन्दा बाहिर हुनु र यी औषधीको दुरुपयोग हुँदा घातक हुनु जस्ता कुरा आधुनिक चिकित्सा पद्धतिका सीमा हुन्। यति हुँदाहुँदै पनि गम्भीर प्रकृक्ति र आकस्मिक उपचार गर्नुपर्ने बिरामी आधुनिक चिकित्सा पद्धतिको भर नपरी सुखे छैन।
९. रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेदिक चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, पुष्टि गर्नुहोस्।
उत्तर :
आयुर्वेदिक चिकित्सा पद्धति मूलत: जीवनको ज्ञानसँग सम्बन्धित उपचार पद्धति हो। यसलाई पूर्वीय वैदिक एवम् प्राच्य सभ्यताको अभूतपूर्व उपहारका रूपमा लिने गरिन्छ। निरोगी र दीर्घ जीवनका लागि यो पद्धति विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गइरहेको छ।
जीवनको ज्ञान आयुर्वेदको सार हो। जीवनको मर्म बुझेर मानव शरीरमा रोग लाग्नै नदिन वा रोग लाग्नुपूर्व अपनाउनुपर्ने खानपान र रहनसहनगत सावधानीमा रहन मदत गर्ने विज्ञान आयुर्वेद चिकित्सा पद्धति हो। आयुर्वेद चिकित्सा पद्धतिमा उपचारका आठओटा शाखा रहेका छन्। यस पद्धतिमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ। आहार, विहार र आचार संहितामार्फत रोगले आक्रमण नगरोस् भनी प्रतिरोधी औषधी र आहारमा जोड दिनु यस पद्धतिको गुण हो। त्यस्तै रोगीको मन र शारीरिक प्रकृतिअनुसार यसमा उपचार गरिन्छ। रोगको प्रकृतिविरुद्ध आहारमा पथ्यापथ्यको निर्देश गरी स्वस्थ व्यक्तिलाई रोगको आक्रमणबाट जोगाउनु र रोगीको रोग चाँडै हटाउने काम यसमा हुन्छ। त्यस्तै औषधी जडीबुटीबाट निर्माण गरिने भएकाले नकारात्मक प्रभाव न्यादै न्यून हुन्छ।
यसप्रकार रोग नियन्त्रणका साथसाथै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने अनि कुनै पनि किसिमको पार्श्वप्रभावबाट बचाउने प्रयास गर्नु आयुर्वेदिक चिकित्सा पद्धतिको विशिष्ट पक्ष हो।
१०. 'स्वस्थ खानपान' शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद तयार गर्नुहोस्।
उत्तर :
स्वस्थ खानपान
स्वास्थ्य जीवनको पहिलो धन हो। स्वस्थ र दीर्घ जीवनको आधार भनेको स्वस्थ खानपान हो। नियमित र स्वास्थ्यवर्धक भोजनले रोगमुक्त रहन सकिन्छ भने अनियमित र अधिक तथा अस्वस्थ खानपानले मधुमेह, हृदयाघात, मोटोपना, उच्च रक्तचाप जस्ता रोगहरू निम्त्याउने गर्दछ। भनिन्छ, खान नपाएर भन्दा खान नजानेर मर्नेको सङ्ख्या धेरै रहेको छ। पूर्वीय दर्शनले पनि स्वस्थ जीवनका लागि स्वस्थ खानपानमा जोड दिएको छ। सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन्। आजभोलि बढी मात्रामा माछामासु, तारेका, मसलेदार र बजारिया खाना खाने प्रवृत्ति बढ्दो छ। स्वाद, रूप, रङ र गन्धलाई मात्र बढी महत्त्व दिएर खाना खाने गर्नाले विभिन्न रोग लाग्छन्। क्षारप्रधान खानाहरू बढी स्वस्थ मानिन्छ। यस्ता खानाहरूमा मौसमी तरकारी, फलफूल, गेडागुडीहरू, मकै, गहुँ, जौ, कोदो, फापर, उवा जस्ता खाना पर्दछन्। तसर्थ स्वस्थ खानपिन स्वस्थ जीवनको पहिलो र अनिवार्य सर्त हो।
११. 'चिकित्सा विज्ञान र आयुर्वेदिक चिकित्सा' निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्।
उत्तर :
(ख) रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव हुनु,
(ग) चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा उपचार पद्धति बढी प्रयोगमा रहनु,
(घ) एलोप्याथिक पाश्चात्य विज्ञानको वरदान र आयुर्वेद पूर्वीय वैदिक सभ्यताको उपहार।
सारांश लेखन :-
चिकित्सा विज्ञानको पृष्ठभूमि
मानिसका असावधानीका कारण रोगव्याधिले प्रवेश पाई खुसी लुटिन्छ। यसका विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको हो। पाश्चात्य विज्ञानको वरदान एलोप्याथिक र पूर्वीय सभ्यताको उपहार आयुर्वेद बढी प्रयोगमा छन्।अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या : ९८
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या : ३३
सारांशमा भएको शब्द सङ्ख्या : ३४
१२. 'आधुनिक चिकित्सा पद्धति.... सुख छैन' अनुच्छेद पढ्नुहोस् अनि विषयवस्तुको पहिचान, अनुमान र निष्कर्षसँग सम्बन्धित एक एकओटा बोध प्रश्न निर्माण गर्नुहोस्।
उत्तर :
(क) अनुच्छेदबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस्।
(ख) औषधीको दुरुपयोग कसरी कम गर्न सकिएला ?
(ग) आधुनिक चिकित्सा पद्धति किन लोकप्रिय भएको छ ?
१३. दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सङ्कलकमार्फत भण्डारण गरिन्छ र बजारसम्म पुऱ्याइन्छ। बजारमा पुगेका वस्तु उपभोक्ताले बजार मूल्यमा खरिद गरेर उपभोग गर्छन्। यसरी हुने बजारीकरण र उत्पादनको चक्रीय प्रवाहले कृषिको व्यवस्थापन प्रणालीगत ढङ्गले हुन्छ। कृषि बजारीकरण प्रक्रियामा कृषकलाई आवश्यक मल, बिउ, अनुदान रकम आवश्यकताअनुसार प्रदान गरिन्छ। उत्पादनमा रासायनिक मलभन्दा प्राङ्गारिक मलको उपयोगमा जोड दिने, सिँचाइ, बाटो र सञ्चारको उचित व्यवस्था कृषकलाई सरकारले मिलाइदिने काम हुन्छ। कृषकसँग भएको उत्पादन सङ्कलक सङ्गठन वा संस्थामार्फत भण्डारण गरी कृषकलाई वस्तुको उचित मूल्य प्रदान गरिन्छ। कृषकले आफ्नो उत्पादन भण्डारककहाँ पठाउने कार्य हुन्छ। भण्डारकले आवश्यक मल, बिउ कृषकलाई पठाउने, उत्पादनको बजार मूल्य, लागत, माग र आपूर्तिलाई ध्यान दिई संस्थाको विधानअनुरूप कार्य गर्ने गर्छन्। सङ्कलकले सङ्कलन गरेर वस्तु बजारमा पठाउँदा सानो नाफाको अंश राखी सुरक्षित रूपमा पठाउने गर्छन्। सङ्कलक र बजारबिचको सम्बन्ध विधानसम्मत हुनु आवश्यक ठानिन्छ। यस्तो व्यवस्था हुँदा उपभोक्तासम्म कुन दरमा पुग्छ भन्ने कुरा सङ्कलकले निरीक्षण गरिरहन सक्छ। यसो हुँदा एकअर्काबिचमा अधिक नाफाको स्थिति हुँदैन। सबैले उचित मूल्यमा वस्तु प्राप्त गर्नाले मुद्रास्फीति हुँदैन। बजारमा अभाव सिर्जना हुँदैन। यसले आयमा ठुलो उतारचढाव आउन दिँदैन।
(क) प्रश्नहरु
(आ) अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी कस्तो व्यवस्था उल्लेख भएको छ ?
उत्तर : अनुच्छेदमा सूचना प्रवाहको व्यवस्था सरकारले मिलाइदिने र नाफाका बारेमा सङ्कलकले वस्तु सङ्कलन गरेर बजारमा पठाउँदा सानो नाफाको अंश राखिदिने व्यवस्था भएको छ।
(इ) कृषि बजारीकरणको प्रक्रियाबारे लेख्नुहोस्।
उत्तर : कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सकलकमार्फत् भण्डारण गरिन्छ र बजारसम्म पुयाइन्छ।
(ई) सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ ?
उत्तर : सरकारले कृषकलाई मल, सिंचाइ, बाटो, बजार र सञ्चारको उचित व्यवस्था मिलाउन सरकारले सहयोग गर्नुपर्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदबाट उप, सम्, उत् उपसर्ग लागेका एक एकओटा शब्द खोजेर लेख्नुहोस्।
उत्तर : उपभोक्ता = उपभोक्ता, सम्गठन सङ्गठन, उत्पादन = उत्पादन।
(आ) अनुच्छेदबाट दुईओटा कृदन्त शब्द पहिचान गरी लेख्नुहोस्।
उत्तर : गर्नाले, गरेर।
(इ) अनुच्छेदबाट शब्दको सुरु बिच र अन्तिममा ह्रस्व उकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस्।
उत्तर :
बिचमा ह्रस्व उकार प्रयोग भएका शब्द अनुसार, अनुदान।
अन्तिममा ह्रस्व उकार प्रयोग भएका शब्दः वस्तु, हुनु।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका पाँच पाँचओटा शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
आयुर्वेदिक उपचार गर्न भनी हिँडेका प्रज्ज्वलले अस्पतालमा पुगेर डाक्टरलाई अभिवादन गरे। उनले पछिल्लो एक हप्तादेखि प्रतिदिन आफूलाई असह्य हुने गरी पेट दुख्ने गरेको कुरो बताए। डाक्टरले राम्ररी जाँचेर अत्यधिक दुख्दा मात्र नदुख्ने औषधी खानु नत्र यो औषधी खाएर आराम गर्नु भने। डाक्टरले स्वास्थ्यलाई बेफाइदा हुने पिरो, अमिलो, चिल्लो नखान सुझाव दिए।
उत्तर :
उपसर्ग लागेका शब्द र तिनको निर्माण प्रक्रियाः
उपचार (उप + चार)
अभिवादन (अभि + वादन)
बेफाइदा (बे + फाइदा)
अत्यधिक (अति + अधिक)
प्रत्यय लागेका शब्द र तिनको निर्माण प्रक्रियाः
आयुर्वेदिक (आयुर्वेद + इक)
हिँडेका (हिँड् + एका)
पुगेर (पुग् + एर)
अत्यधिक (अति + अधिक)
राम्ररी (राम्रो + अरी)
जाँचेर (जाँच् + एर)
२. दिइएका उपसर्ग लगाई एक एकओटा शब्द निर्माण गर्नुहोस् :
उत्तर :
बि (बि+सन्चो = बिसन्चो)
ना (ना+लायक = नालायक)
अभि (अभि+व्यक्ति = अभिव्यक्ति)
अप (अप+हेलना = अपहेलना)
उत् (उत्+त्पत्ति = उत्पत्ति)
नि (नि+वास = निवास)
परि (परि+कल्पना = परिकल्पना)
वि (वि+ज्ञान = विज्ञान)
अन (अन+मोल = अनमोल)
गैर (गैर+सरकारी = गैरसरकारी)
अधि (अधि+कार = अधिकार)
अति (अति+रिक्त = अतिरिक्त)
आ (आ+वास = आवास)
दुर् (दुर्+व्यवहार = दुर्व्यवहार)
निर् (निर्+जन = निर्जन)
प्र (प्र+देश = प्रदेश)
सम् (सम्+भावना = सम्भावना)
बद् (बद्+मास = बदमास)
अव (अव+लोकन = अवलोकन)
उप (उप+सर्ग = उपसर्ग)
दुस् (दुस्+कर्म = दुष्कर्म)
परा (परा+जय = पराजय)
प्रति (प्रति+घात = प्रतिघात)
सु (सु+रक्षा = सुरक्षा)
३. दिइएको अनुच्छेद पढ्नुहोस्। सात सातओटा कृदन्त र तद्धितान्त शब्दको पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्ः
बुद्धिमान् दङाली मान्छेले धनवान् बाजुरेली बटुवालाई देखेछन् र सोधेछन् “हजुर यता कतै गुल्मेली आयुर्वेदिक चिकित्सक बसाइँ सर्नुभएको छ रे नि।” उनले भनेछन्, "यहां बाजुरेली र धनकुटे चिकित्सक पनि बस्नुहुन्छ। हुम्ली र झापाली बौद्धिक र कवित्व प्रतिभा भएका व्यक्तित्व पनि हुनुहुन्छ। उहाँहरूकहाँ गाउले र सहरिया मान्छे पनि उपचार गर्न आउँछन्। गीत र कविता सुन्न पनि आउँछन्। स्मरणीय कुरो के छ भने उहाँहरू सबै आफ्नो कर्तव्यप्रति सचेत व्यक्तित्व हुनुहुन्छ।" धनवान् बाजुरालीले बुद्धिमान् दडालीलाई भनेछन्, "म पहिले पनि आएको थिएँ, भुलें। म भुलक्कड छ के गर्नु।” त्यसपछि दडालीले भनेछन्, “यस्तै ही कोहीकोही बुद्धिमान् मान्छे पनि भुलक्कड हुन्छन् भन्ने सुनेको थिएँ।”
उत्तर:
कृदन्त शब्दहरु | ||
---|---|---|
उपसर्ग | आधार शब्द | निर्मित शब्द |
बस् | आइँ | बसाइँ |
भ | एका | भएका |
भन् | ए | भने |
सुन् | न | सुन्न |
भुल् | अक्कड | भुलक्कड |
भन् | ने | भन्ने |
गर् | नु | गर्नु |
तद्धितान्त शब्दहरु | ||
---|---|---|
उपसर्ग | आधार शब्द | निर्मित शब्द |
बुद्धि | मान् | बुद्धिमान |
दाङ | आली | दङाली |
धन | वान् | धनवान् |
बाजुरा | एली | बाजुरेली |
बाटो | उवा | बटुवा |
गुल्मी | एली | गुल्मेली |
४. दिइएका प्रत्यय लगाई एक एकओटा शब्द निर्माण गर्नुहोस् :
अक्कड, अत, अन्त, आइ, आइँ, आउ, आली, आलु, आवट, आहा, इयार, इया, इलो, ई, उवा, ए, एली, ती, ओ, ओट, ली, ले, अक, अन, अनीय, इक, इत, ईन, ता, तव्य, ति, त्व, मय, वान्, मान्, य
उत्तर :
अक्कड | भुल् + अक्कड = भुलक्कड |
---|---|
अत | बच् + अत = बचत |
अन्त | भिड + अन्त = भिडन्त |
आइ | पढ् + आइ = पढाइ |
आइँ | लड् + आइँ = लडाइँ |
आउ | पक + आउ = पकाउ |
आली | लेक + आली = लेकाली |
आलु | माया + आलु = मायालु |
आवट | बन् + आवट = बनावट |
आहा | रिस + आहा = रिसाहा |
इयार | हात + इयार = हतियार |
इया | सहर + इया = सहरिया |
इलो | रस + इलो = रसिलो |
ई | रोग + ई = रोगी |
उवा | सुत् + उवा = सुतुवा |
ए | झोला + ए = झोले |
एली | पूर्व + एली = पूर्वेली |
ती | घुम् + ती = घुम्ती |
ओ | जा + ओ = जाओ |
ओट | बन् + ओट = बनोट |
ली | झापा + ली = झापाली |
ले | गाउँ + ले = गाउँले |
अक | लिख् + अक = लेखक |
अन | चल् + अन = चलन |
अनीय | आदर + अनीय = आदरणीय |
इक | समाज + इक = सामाजिक |
इत | शिक्षा + इत = शिक्षित |
ईन | नव + ईन = नवीन |
ता | मानव + ता = मानवता |
तव्य | कृ + तव्य = कर्तव्य |
ति | कृ + ति = कृति |
त्व | व्यक्ति + त्व = व्यक्तित्व |
मय | आनन्द + मय = आनन्दमय |
वान् | मूल्य + वान् = मूल्यवान् |
मान् | शक्ति + मान् = शक्तिमान् |
य | कवि + य = काव्य |
५. चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्धको पहिलो अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका शब्दको अलग अलग सूची बनाई तिनको निर्माण प्रक्रियासमेत देखाउनुहोस्।
उत्तरः
आधार (आ+ धार)
असावधानी (अ+सावधानी)
उपहार (उप+हार)
प्रयत्न (प्र+यत्न)
आकमण (आ+क्रमण)
प्रत्यय लागेका शब्द र तिनको निर्माण प्रक्रियाः
शारीरिक (शरीर + इक)
मुक्ति (मुक्त+ इ)
पूर्वीय (पूर्व+ईय)
वैदिक (वेद+ इक)
सभ्यता (सभ्य+ता)
६ . दिइएको अनुच्छेद पढी शब्दको सुरु, बिच र अन्तिममा हस्व उकार प्रयोग भएका शब्दको पहिचान गरी टिपोट गर्नुहोस् :
हर्कमानका बुबा पाको उमेरको हुनुहुन्छ। हर्कमानका दिदी भिनाजु गाउँको घरमा आउनुभएको छ। हर्कमानका चार जना दाजुको नाम राजु, श्याम, बाबुराम र पृथुकुमार हो। पृथुकुमार आयुर्वेदिक उपचारक हुनुहुन्छ। श्यामुको उखुबारी छ। राजुको धान कुट्ने र गहुँ पिस्ने उद्योग छ। बाबुराम मुकुन्दपुर नगरपालिकामा सुब्बा हुनुहुन्छ। हर्कमानका बहिनीको नाम मधु करुणा र जमुना हो। मधुको बिहे विष्णुपुरका सिपालु कलाकार गुरु गुरागाईंसँग भएको छ। करुणाको बिहे ताप्लेजुङका बुलेन्दु लिम्बूसँग भएको छ। जमुनाको बिहे घान्द्रुकका गुन्जमान गुरुङसँग भएको छ। सबै सन्तानको सुख देखेर हर्कमान खुसी हुनुहुन्छ।
उत्तरः
बिचमा ह्रस्व उकार प्रयोग भएका शब्दः आउनुभएको, बाबुराम, आयुर्वेदिक, जमुना, ताप्लेजुङ, घान्द्रुक, गुरुङ
अन्तिममा ह्रस्व उकार प्रयोग भएका शब्दः दाजु, राजु, गहुँ, पृथु, श्यामु, मधु, बुलेन्दु।
७. शब्दको सुरु, बिच र अन्तिममा हस्व उकार प्रयोग भएका पाँच पाँचओटा शब्द पाठबाट खोजेर लेख्नुहोस्।
उत्तर :
सुरुमा ह्रस्व उकार प्रयोग भएका शब्दः खुसी, मुक्ति, सुरु, दुवै, मुख।
बिचमा हस्व उकार प्रयोग भएका शब्दः प्रादुर्भाव, आयुर्वेद, आधुनिक, आयुष, अकुप्रेसर
अन्तिममा ह्रस्व उकार। प्रयोग भएका शब्दः लाग्नु, धातु, गर्नु, आयु, गरिनु।
सिर्जना र परियोजना कार्य
१. 'नेपालको प्राकृतिक विविधता शीर्षकमा वस्तुपरक निबन्ध लेख्नुहोस्।
उत्तर:
नेपालको प्राकृतिक विविधता
विश्वको मानचित्र पल्टाएर हेर्ने हो भने नेपाल भौगोलिक हिसाबले अत्यन्तै सानो देखिन्छ तर यहाँको प्रकृति, कला, साहित्य, संस्कृति र भूगोल विशिष्ट छ। यति सानो देशमा पनि यो खालको प्राकृक्तिक विविधता अनुपम छ। बारै महिना हिउँ पर्ने उच्च हिम श्रृङ्खला, पहाड, तराई, मधेस र उपत्यका भूपरिवेष्टित देश नेपालका आफ्ना विशिष्टता हुन्। विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका सुन्दर हिमालहरू, सुन्दर ताल, झरना, वनजङ्गल, नदीनाला, पहाड, तराईसमेतको सुन्दर प्रकृति पर्यटकहरूका लागि प्रमुख आकर्षण हो।नेपाल हिमाल, पहाड र तराई मधेस मिलेर अनेको छ। तराई मैदानहरूमा समुद्र सतहबाट ६० मिटरदेखि सगरमाथाको ८,८४८.८६ मिटरसम्मको उचाइमा रहेको विविधताले पनि प्राकृतिक विविधतालाई बढाएको छ। हिमालसँग अथाह सौन्दर्य र जलस्रोत छ पहाडसँग जडीबुटी, खनिज, फलफूल र स्वस्थ पर्यावरण छ। तराई मधेसमा अन्नको भण्डार छ। नेपालको प्रकृतिसापेक्ष वनस्पति र जनावरहरूमा ठूलो विविधता छ। यसकै कारण जैविक विविधतामा धनी छ। नेपाल जल सम्पदामा समृद्ध छ। नेपालमा हिमालबाट अविरल रूपमा बग्ने कोसी, गण्डकी, कर्णाली, भेरी, नारायणी आदि सयौँ नदीहरु छन्। यहाँ रारा, फेवा, रूपा, बेगनास, तिलिचो आदि विभिन्न तालतलैयाहरू छन्। सयौँ नदीनाला, झरना, ताल तथा खोला र खोल्साहरूले नेपालको अर्थतन्त्रमा सहयोग पुऱ्याएको छ।
जलबाट विद्युत् उत्पादन गरी देश-विदेशलाई झलमल्ल पार्न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नदीनालामा र्याफ्टिङ र तालतलैयाहरूमा जलविहार गराएर जल सम्पदाले पर्यटन व्यवसायको विकासमा सहयोग गर्छ। वनजङ्गलबाट यार्सागुम्बा, चिलाउने, पाँचऔंले, चिरैतो, निम, हर्रो, बर्रो, अमला, सर्पगन्धा, जटामसी, टिम्मुर आदिजस्ता जडीबुटी पाइन्छन्। यस्ता विभिन्न जडीबुटीहरु देश विदेशमा निर्यात गरी धन कमाउन सकिन्छ। नेपालका विभिन्न दुर्लभ चराचुरुङ्गीहरु र जीवजन्तु पाइन्छन्।
नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश हो। यो विविधताले सम्भावनाका प्रशस्त ढोकाहरु पनि खोल्न सक्छ। हामीहरुले प्राकृतिक सम्पदाको सही उपयोग गर्न सक्नुपर्छ। नेपालको प्राकृतिक सम्पदाको सदुपयोग गरेर देशलाई विकसित बनाउनुपर्छ।
We presented you the comprehensive note/guide on "Chikitsa Bigyan Ra Ayurved Chikitsa", the captivating Unit 3 of the SEE Class 10 Nepali curriculum. Hope it helps.
This complete notes/solutions/guide provides detailed explanations of each exercise, ensuring you have a solid grasp of the concepts covered in this Unit. By following our step-by-step solutions, you will gain the confidence to tackle any question related to Chikitsa Bigyan Ra Ayurved Chikitsa.
Remember, the key to success lies not only in memorization but also in comprehending the principles behind Ayurveda and its practical applications. With our notes/guide, you will not only ace your Nepali exams but also develop a deeper appreciation for the wisdom of traditional healing practices.
We invite you to explore our meticulously prepared solutions, which are designed to enhance your learning experience. By immersing yourself in the exercises and their solutions, you will gain valuable insights and insights into the world of Chikitsa Bigyan Ra Ayurved Chikitsa.
As you all know, knowledge is power, and with our comprehensive note/guide, you're well on your way to mastering Chikitsa Bigyan Ra Ayurved Chikitsa! Happy learning! 😍
Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.
However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam. 😜