Ghar Jhagada Notes | Class 10 | Nepali | Unit-2 (घरझगडा)
Ghar Jhagada is an intriguing chapter that delves into the complexities of domestic conflicts and relationships. With its relatable characters and compelling storyline, this chapter offers valuable insights into Nepali literature.
These all solutions are based on new curriculum set by government of Nepal published on 2080 B.S. And, it is based on Nepali book Published by Janak Publication.
If you find this guide helpful, feel free to share it with your friends and bookmark this page.
SEE Class 10 Compulsory Nepali | All Units Notes:
- Ujyalo Yatra Notes | Class 10 | Nepali | Unit-1 (उज्यालो यात्रा)
- Ghar Jhagada Notes | Class 10 | Nepali | Unit-2 (घरझगडा)
- Chikitsa Bigyan ra Ayurvedic Chikitsa Notes | Class 10 | Nepali | Unit-3 (चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा)
- Yasto Kahilei Nahos Notes | Class 10 | Nepali | Unit-4 (यस्तो कहिल्यै नहोस्)
- Laxmi Prasad Devkota Notes | Class 10 | Nepali | Unit-5 (लक्ष्मीप्रसाद देवकोटा)
- Adhikar Thulo ke Kartavya Thulo Notes | Class 10 | Nepali | Unit-6 (अधिकार ठुलो कि कर्तव्य ठुलो?)
- Satru Notes | Class 10 | Nepali | Unit-7 (शत्रु)
- Nepali Hamro Shram ra Sip Notes | Class 10 | Nepali | Unit-8 (नेपाली हाम्रो श्रम र सिप)
- Mero Desh Ko Shikshya Notes | Class 10 | Nepali | Unit-9 (मेरो देशको शिक्षा)
- Byabsayik Chithi Notes | Class 10 | Nepali | Unit-10 (व्यावसायिक चिठी)
- Kartabya Notes | Class 10 | Nepali | Unit-11 (कर्तव्य)
- Pablo Picasso Notes | Class 10 | Nepali | Unit-12 (पाब्लो पिकासो)
- Pakhnos Notes | Class 10 | Nepali | Unit-13 (पख्नोस्)
- Gharko Maya Notes | Class 10 | Nepali | Unit-14 (घरको माया)
- Gaumathi euta Kabita Notes | Class 10 | Nepali | Unit-15 (गाउँमाथि एउटा कविता)
- Aayam Notes | Class 10 | Nepali | Unit-16 (आयाम)
Ghar Jhagada Notes Class 10 Nepali Unit 2 Questions Answers/Notes is given below:
View All SEE Class 10 Nepali Notes:
SEE Class 10 Compulsory Nepali | All Units Notes and Question Papers Collection.
घर झगडा
अभ्यास
शब्दभण्डार
१. शब्दकोश प्रयोग गरी दिइएका शब्दको अर्थ लेख्नुहोस्:
उत्तर:
पाताल | पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक |
---|---|
टीका | निधारमा लगाइने चन्दन |
अतीत | बितेको समय बितेको समय, उहिलेको काल |
किल्ला | प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ, गढी |
घनघोर | भयङ्कर, ज्यादै घना, डरलाग्दो |
शपथ | कुनै काम हो होइन भनी गर्ने वचनबद्धता, किरिया, प्रतिज्ञा |
अवतार | जन्म लिने काम, शरीर धारण गर्ने काम |
राँको | आगोको मुस्लो |
हालत | अवस्था, हबिगत |
२. ‘घरझगडा’ कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
कानमा तेल हाल्नु, आँखामा बिउनु, कम्मर कस्नु, आगो खेलाउनु, वाल्ल पर्नु, तेल घस्नु, भासमा फस्नु, चोचोमोचो मिलाउनु
उत्तर:
कानमा तेल हाल्नु (चुपचाप बस्नु) | आफुलाई थाह नभयेको कुरामा कानमा तेल हालेर बस्नु नै राम्रो हो। |
---|---|
आँखामा बिउनु (नराम्रो देख्नु) | धेरै बेरसम्म एउटै कुरालाई हेरिरहँदा आँखा बिझउनु थाल्छ। |
कम्मर कस्नु (आँट गर्नु ) | यो पटक गाऊमा एउटा विधालय खोल्न सबैले कम्मर कसेका छन्। |
आगो खेलाउनु | नेपाली सेनासँग जिस्कनु भनेको आगो खेलाउनु सरह हो। |
वाल्ल पर्नु | छोरो दिनहुँ विद्यालय जान्छ भनेर मक्ख परेका दोर्जेका बुबा छोरो पाँच दिनदेखि विद्यालय नगएको भन्ने शिक्षकको कुरा सुनेर वाल्ल परे। |
तेल घस्नु (चिप्लो घस्नु ) | आफनो काम पर्यो कि राज तेल घस्न थाल्छ। |
भासमा फस्नु | आफ्नो खराब बानी छ भने मानिस अवनतिको भासमा फस्दै जान्छ । उन्नति देख्न नसकेपछि आफ्नैले आफ्नालाई भासमा फसाउँछन्। |
चोचोमोचो मिलाउनु | आफ्नो अनुकूल हेरेर चोचोमोचो मिलाउने मान्छे स्वार्थी हो। |
३. दिइएका उखान र तिनको अर्थ पहिचान गरी पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उखान | अर्थ |
---|---|
अकबरी सुनलाई कसी लाउनु पर्दैन | परिश्रम गर्नेले लाभ लिनु |
इन्द्रको अगाडि स्वर्गको बयान | नाम अनुसारको काम नहुनु |
जसले मह काढ्छ उसले हात चाट्छ | अफ्ट्यारो पर्दा आफूसँग भएकै कुरा बाट काम चलाउनु |
नाच्न नजान्ने आँगन टेडो | भविष्यमा राम्रो हुने लक्षण सानैदेखि देखिनु |
मेरो गोरुको बाह्रै टक्का | अर्काको प्रगतिमा अनावश्यक डाहा गर्नु |
अड्को पड्को तेलको धूप | आफ्नो कुरामा जिद्दी गर्नु |
हुने विरुवाको चिल्लो पात | आफू कमजोर भएर पनि अरुलाई दोष दिनु |
जुन गोरुको सिङ छैन त्यसको नाम तिखे | असल कुराको परीक्षण आवश्यक नपर्नु |
काग कराउँदै छ, पिना सुक्दै छ | मिहिनेतअनुसारको लाभ नपाउनु |
जान्ने मान्छेका अगाडि कम बुझेकाले भनेका कुरा अप्रभावकारी हुनु | |
अरुले जे भने पनि आफ्नो काममा निरन्तर लाग्नु |
उत्तर:
अकबरी सुनलाई कसी लाउनु पर्दैन भन्ने थाहा नहुनेले मात्र नेपालीको वीरता जाँच्न खोज्छ।
इन्द्रका अगाडि स्वर्गको बयान :
त्रिभुवन विश्वविद्यालयका नेपाली प्राध्यापकका अगाडि कक्षा १० मा पढ्ने विद्यार्थीले नेपाली कथाका बारेमा बखान छाँट्नु भनेको इन्द्रका अगाडि स्वर्गको बयान जस्तै त हो नि।
जसले मह काढ्छ उसले हात चाट्छ :
जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ रियान्सले सानैदेखि पढाइमा मिहिनेत गरेकाले अहिले अधिकृत भयो।
नाच्न नजान्ने आँगन टेढो :
ऊ हलो जोत्न जान्दैन अनि गोरुलाई पिट्छ। यो त नाच्न नजान्ने आँगन टेढो भनेझैँ भएन र!
हुने बिरुवाको चिल्लो पात :
सिर्जना पढाइमा अब्बल भए जस्तै घरको काममा पनि सिपालु छिन्। यही त हो नि हुने बिरुवाको चिल्लो पात भनेको।
४. दिइएको अनुच्छेबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस्।
विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए। एउटा यात्रुवाहक यस घरनजिकै आएर घ्याच्च रोकियो। उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगे। चिटिक्क परेर आएका साथीलाई देखेर उनी छक्क परे। साथीले विदेशलाई चटक्क छोडेर स्वदेश आएकामा उनी गद्गद भए।
उत्तर:
लटरम्म |
---|
घ्याच्च |
हस्याङफस्याङ |
छक्क |
चटक्क |
गद्गद् |
५. कोशको प्रयोग गरी दिइएका शब्दलाई क्रम मिलाएर लेख्नुहोस् :
सिर्जना, आँसु, त्याग, क्षमा, ज्वाला, गुलाफ, थुनुवा, अंश, कक्ष, ज्ञानी, त्रिलोचन, ऋण
उत्तर :
अंश, आँसु, ऋण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग, त्रिलोचन, थुनुवा, सिर्जना
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'घरझगडा' कथा कति अनुच्छेदमा संरचित छ ?
उत्तर : 'घरझगडा' कथा १० अनुच्छेदमा संरचित छ।
उत्तर : कथाको प्रारम्भ राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ।
(ग) कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ ?
उत्तर : कथामा बहादुर शाह र राजेन्द्रलक्ष्मीको प्रत्यक्ष भूमिका देखिएको छ।
(घ) बहादुर शाह वाल्ल परेको घटना कुन अनुच्छेदमा छ ?
उत्तर : बहादुर शाह वाल्ल परेको घटना चौथो अनुच्छेदमा छ।
४. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
काँडा झरेको गुलाफको बोट भए होलान् भन्ने आशा गरेकी थिएँ तर झन् फूल झरेर काँडा मात्र बाँकी रहेका बनेर आएछन्। बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झैँ उनका आँखामा मा बिझौन थालेँ। मैले बर्साएका अमृतका कण कणमा उनले विष देख्न थाले, दिइएको चिनीलाई गेगर सम्झे, पथ्य वचनले पनि तिखो वाणको रुप लियो। उसैले घात प्रतिघात चल्दै गयो। अन्त्यमा उनले बुनेको जालमा म पो परें। थुनुवा कैदी जस्तो भएर बस्नु पर्दा खसमले त्यागेकालाई घर्भित्रहुलेको पापको फल हो भनी चित्त बुझाएँ।
(क) माथिको कथांश कुन सन्दर्भमा आएको हो ?
उत्तर : माथिको कथांश राजेन्द्रलक्ष्मीको बहादुर शाहप्रतिको धारणा बताउने सन्दर्भमा आएको हो।
उत्तर : भारदारहरुको कुराका आधारमा एक अर्कालाई शङ्का गरेको कारण म पात्र उनका आँखामा बिझाएको बुझ्न सकिन्छ।
(ग) अमृतको कणमा विष देख्नुको तात्पर्य के हो ?
उत्तर : अमृतको कणमा विष देख्नुको तात्पर्य सकारात्मक व्यक्ति र अवस्थालाई पनि नकारात्मक ठान्नु हो।
(घ) कथांशमा घात प्रतिघात किन चल्दै गयो ?
उत्तर : एक अर्काप्रतिको अविश्वासका कारण कथांशमा घात प्रतिघात चल्दै गयो।
५. कथाअनुसार दिइएका घटनालाई कम मिलाएर लेख्नुहोस् :
(छ) चौबिसीहरूले सङ्गठन गर्न थालेको गप्ती खवर सुन्नु
(ञ) आपसी फुट नै जातिको पतनकी चिह्न हो भन्नु
उत्तर:
(झ) नाग बनेर आए पनि यिनीसँग म डराउन्न भन्नु
(च) हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्नु (छ) चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खवर सुन्नु
(ञ) आपसी फुट नै जातिको पतनकी चिह्न हो भन्नु
(ङ) बहादुर शाहले कुरौटेले वैमनस्य बढाइदिएको बताउनु
(ख) बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झैँ उनका आँखामा म बिझाउन थाल्नु
(ज) शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्नु
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्नु
(ग) गोरखामा हमला गर्न लागेको खबर आउनु
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) 'घरभगडा' कथाका पात्र राजेन्द्रलक्ष्मी र बहादुर शाहका चारित्रिक विशेषताको तुलना गर्नुहोस्।
उत्तर :
राजेन्द्रलक्ष्मी र बहादुर शाह दुवैले प्रतापसिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए।
दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन्। कथाका आधारमा यिनीहरुको नियतमा खोट भने भेटिन्न तर दुवै शङ्कालु भने देखिएका छन्। स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए। भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो। यसरी हेर्दा उनीहरु दुबै शङ्कालु र सत्ताको लोभ रहेका पात्र देखिन्छन्।
(ख) कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस्।
उत्तर :
कथामा वर्णन गरिए अनुसार त्यतिबेला नेपालको एकीकरण तुहाउन विदेशीले अनेकौं षड्यन्त्र गरिरहेका थिए। दरबारभित्रै पनि अनेकौं षड्यन्त्र रचियो । भारदारहरु कुरौटे थिए। सानोतिनो मनमुटावलाई अतिरञ्जित गरी तिलको पहाड बनाइन्थ्यो। दरबारका कुरौटे, भरौटे भारदारले नेतृत्वबिचमा फाटो ल्याउने अनेकौं षड्यन्त्र गरिरहेका हुन्थे। यस्तो दरबारिया खटपटले एकीकरण अभियानमा पनि धक्का लागेको थियो । सत्तामा पुग्न अनेकौं जालझेल हुन्थे। यसरी विकृत राजनीतिक परिवेशको चित्रण कथामा पाइन्छ।
(ग) बहादुर शाह बेतिया पुगेपछि राजेन्द्रलक्ष्मी किन आत्तिइन् ?
उत्तर :
बहादुर शाह बेतिया पुगेको खबरबाट बहादुर शाह कुनै जाल रच्नलाई उनी गएका हुन् कि भन्ने पनि लाग्यो। अर्कोतिर उनलाई आफ्नो हातको ढाल तरबार मैले गुमाए जस्तो महसुस भयो। बहादुर शाहको सदुपयोग गर्न नजान्नु ठुलो भुल महसुस भयो । भारदारहरूले रचेको षड्यन्त्रको भेउ पाउन नसक्दा निःसहाय महसुस भयो। आफू कमजोर हुँदा अन्य राज्यहरुले पनि आक्रमण गर्ने शङ्का पनि भयो। यसरी केही पश्चाताप र केही भारदारहरुबाट हुन सक्ने षड्यन्त्र सम्झेर राजेन्द्रलक्ष्मी आत्तिइन्।
(घ) कथाको मुख्य सन्देश लेख्नुहोस्।
उत्तर :
राज्य चलाउने काम सजिलो होइन। राज्य चलाउने व्यक्ति बाह्य र आन्तरिक चलखेल र षड्यन्त्रप्रति हरदम चनाखो बन्नुपर्छ। राज्यमा नेतृत्वकर्ताहरुका बिच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ। आपसी बैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ। यस्तो अवस्थामा शत्रुहरुले पनि फाइदा उठाउन खोज्छन्। जसरी राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो। त्यसैले सबैभन्दा पहिले घर बलियो बनाउनुपर्छ तब मात्र शत्रुलाई पराजित गर्न सकिन्छ भन्ने सन्देश कथाले दिएको छ।
७. कथाको 'राजेन्द्रलक्ष्मीले गर्नुहोस्' कथांशबाट चारओटा प्रश्न बनाई तिनको उत्तर साथीसँग छलफल गर्नुहोस्।
उत्तर :
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर के भनिन् ?
(ख) 'सुतेको सिंहको टाउकामा टेक्नु' को तात्पर्य के हो ?
(ग) कम्मर कसेर लागे के के गर्न सकिन्छ ?
(घ) कथांशका अनुसार महाकाली, महालक्ष्मी, महासरस्वती किन पुजिएका हुन् ?
(राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, "क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो ? नायवीमा राल काढेर सोझी भाउज्यूलाई छक्याउनु के राजनीति हो। शाही कुलमा ऐरेल बन्नुहुन्छ भने तितो अनुभव आफैँ भोग्नुहोला । सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो। कमलपित्त भएको दृष्टिले आइमाई भनेर तपाईंले हेप्नुभएको होला तर यो तपाईंको भुल हो। डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईंलाई थाहा छैन ? कम्मर कस्यौं भने छहरा, पहरा, ढाल, तरवार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौं। आँधी भएर उड़ाउन सक्छौं अनि व्याधि भएर पछार्न पनि, नागिनी बनेर पातालमा पस्न सक्छौं अनि गरुडनी भएर आकाशमा उड्न पनि । शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन्। खेलौना सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफैं विचार गर्नुहोस्। " )
८. राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा तपाईं पुग्नुभएको भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस्।
उत्तर :
राजेन्द्रलक्ष्मी र बहादुर शाह 'घरझगडा' ऐतिहासिक कथाका मुख्य पात्रहरु हुन्। नाताले भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो। यही कारणले एकीकरणको अभियानमा पनि धक्का लागेको थियो भने बैरीहरुले पनि चलखेल गर्ने अवसर पाएका थिए । एउटा सामान्य परिवारका नेतृत्वकर्तामा मनमुटाब हुँदा घरमा त भाँडभैलो हुन्छ भने राज्यका नेतृत्वमा हुने यस्तो मनमुटावले झनै ठुला समस्या सिर्जना गर्छ। एकतामा नै ठुलो तागत हुन्छ भन्ने विचार राख्ने मेरो पहिलो प्राथमिकता त दुबैलाई मिलाउने नै हुन्थ्यो। कथाका आधारमा हेर्दा दुबै पात्र नियत खराब भएका पात्र होइनन्। आफ्ना ससुरा र बुबाले थालेको एकीकरणको अभियानलाई दुबैले प्राथमिकतामा राखेका थिए। यस्तो अवस्थामा पनि यिनीहरुले कैयौं राज्यलाई अधीनमा पारेका थिए। दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा काम हुन्थ्यो । मेरो विचारमा यिनीहरुको कमजोरी भनेको भारदारहरुको चलखेलको भेउ पाउन नसक्नु मात्र हो। दुबैले स्वविवेक प्रयोग नगरेर भारदारहरुको दलदलमा फसेको देखिन्छ। यस्तो अवस्थामा मैले दुबैलाई मिलेर अघि बढ्न सल्लाह दिन्थें। दुबैलाई भारदारहरुको कुराको लहैलहैमा नलागी छातीमा हात राखेर एक अर्काको मूल्याङ्कन गर्न लगाउँथेँ। फुट्दा र जुद्दाका परिणाम स्मरण गराउँथेँ। जुटेर अघि बढ्दा हुन सक्ने सम्भावनाहरु देखाएर पृथ्वीनारायण शाहले देखाएको बाटोमा लाग्न आग्रह गर्थे। यसरी म उनीहरुबिच कुराकानी भइरहेको समयमा पुगेको भए एउटा असल मध्यस्थकर्ता बनेर दुबैलाई फुटेर होइन जुटेर अगाडि बढ्न प्रेरित गर्थे।
९. व्याख्या गर्नुहोस्ः
(क) बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो।
उत्तर :
प्रस्तुत कथांश बदरीनाथ भट्टराईद्वारा लिखित ऐतिहासिक कथा 'घरझगडा' बाट साभार गरिएको हो। फुट र गुटबन्दीले राष्ट्रलाई फाइदा गर्दैन, एकजुट भएर अगाडि बढे सबैको हित हुने भाव कथामा जोडिएको छ। परिवारभित्रको गुटबन्दीले नै बाहिरी शत्रुलाई बलियो बनाउनेतर्फ सचेत बनाउने सन्दर्भमा प्रस्तुत कथांश आएको हो।
बहादुर शाह र राजेन्द्रलक्ष्मीको संयुक्त नायबी काल केही समय राम्ररी चल्यो तर राज्य सञ्चालनको विषयलाई लिएर देवर भाउजूको मनमुटाव भएपछि भारदारहरूले तिललाई पहाड बनाउने काम गरे। यी दुई बिच झनै खटपट बढाउन मद्दत गरे। यिनीहरुबिचमा अविश्वास बढ्दै गयो, जसका कारणले दुबै जना एक अर्कालाई हत्याउन उद्यत भए। यी देवर भाउजूमा जति मनमुटाव बढ्यो त्यति भारदारहरुलाई चलखेल गर्न सहज भयो। साना कुरालाई अतिरञ्जित गरेर कान भर्न थाले। बहादुर शाह र राजेन्द्रलक्ष्मीबिच सामान्य मनमुटाव त थियो, त्यसमा आगोमा घिउ थप्ने काम भारदारहरुले गरे। यिनीहरुबिच अविश्वास बढाउँदै लगे र दरबारमा अस्थिरता कायम गर्न सफल बने। यदि बहादुर शाह र राजेन्द्रलक्ष्मी मिलेर शासन चलाएका भए आसेपासेहरुले चलखेल गर्न पाउने थिएनन्। इतिहास पानाहरु पल्टाएर हेर्ने हो भने घरभित्र झगडा हुँदा छिमेकीले फाइदा लिएका धेरै घटनाहरु भेटिन्छन् । घरका सदस्यलाई लडाएर धमिलो पानीमा माछा मार्न खोज्ने धेरै भेटिन्छन्। घरका सदस्य मिल्दा घर बलियो हुन्छ।
यसरी प्रस्तुत कथांशमा घरमा एकता नहुँदा बैरीहरुले पनि चलखेल गर्ने अवसर पाउँछन्। एकताले नै शत्रुहरुलाई पराजित गर्न सकिन्छ त्यसैले घरका सदस्य मिलेर अगाडि बढ्नुपर्छ भन्ने भावलाई स्पष्ट पार्न खोजिएको छ।
(ख) शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो।
उत्तर :
प्रस्तुत कथांश 'घरझगडा' कथाबाट साभार गरिएको हो। यस कथाका लेखक कथाकार बदरीनाथ भट्टराई हुन्। ऐतिहासिक विषयवस्तुलाई समेटेर लेखिएको यस कथामा तत्कालीन समयमा दरबारभित्र हुने खटपटलाई समावेश गरिएको छ। यो भनाइ नजरबन्दबाट छुटेपछि राजेन्द्रलक्ष्मीले भनेकी हुन्।
शङ्का गर्नु मूर्खता हो। शङ्काले लङ्का जलाउँछ। यही शङ्काकै कारण राजेन्द्रलक्ष्मी र बहादुर शाहले एकअर्कालाई शत्रु ठाने। शङ्काकै भरमा एक अर्कालाई नजरबन्दमा राखेका थिए। एकअर्कालाई सत्ताबाट गलहत्याउने र नजरबन्दमा राख्ने काम भयो । शङ्काले अमृत पनि विष लाग्छ। भारदारहरुको कुरौटे प्रवृत्तिको रहस्य बुझ्न नसकी राजेन्द्रलक्ष्मीले बहादुर शाहमाथि शङ्का गरेकी छिन्। यसरी शङ्काकै भरमा व्यवहार गर्नु बुद्धिमानी नभएको महसुस राजेन्द्रलक्ष्मीलाई भएको छ । देशभक्त भएर पनि बहादुर शाहले नजरबन्दमा बस्नुपर्नाको कारण शङ्का नै हो। शङ्काकै कारण दरबारमा अविश्वास बढ्यो र अस्थिरता जन्म्यो। नेपाल एकीकरणको अभियानमा धक्का लाग्यो। अङ्ग्रेजलाई नेपालमाथि आक्रमण गर्न सहज भयो। शङ्काले घरझगडा निम्त्यो। घरझगडाले गर्दा भारदारहरुले पनि चलखेल गर्ने अवसर पाए। शङ्काकै भरमा देशमा यस्ता धेरै काण्डहरु घटेका छन्। त्यसैले शङ्काका भरमा नभई स्वविवेकको प्रयोग गरेर सही गलत छुट्याउनुपर्छ।
यसरी प्रस्तुत कथांशमा घरझगडाको कारक शङ्का रहेकोमा जोड दिँदै अनावश्यक शङ्काको परिणामतर्फ हामीलाई सचेत गराउन खोजिएको छ।
१०. घरझगडा' कथाको सार एक अनुच्छेदमा लेख्नुहोस्।
उत्तर:
'घरझगडा' इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो। राज्य चलाउने काम सजिलो होइन। राज्य चलाउने व्यक्ति वाह्य र आन्तरिक चलखेल र षड्यन्वप्रति हरदम चनाखो बन्नुपर्छ। राज्यमा नेतृत्वकर्ताहरुका विच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ। आपसी बैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ। यस्तो अवस्थामा शत्रुहरुले पनि फाइदा उठाउन खोज्छन्। जसरी राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो। यसरी 'भाइ फुटे गवार लुटे' भन्ने उखानलाई कथामा चरितार्थ गरिएको छ।
११. राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त कथाका आधारमा तर्क दिनुहोस्।
उत्तर :
'घरझगडा' इतिहासको कालखण्डमा दरवारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक सत्य कथा हो। राजेन्द्रलक्ष्मी यस कथाकी मुख्य पात्र हुन्। आफ्ना ससुराले थालेको नेपाल एकीकरणको अभियानलाई उनले अगाडि बढाएकी थिइन्। भारदारहरुको षड्यन्त्रको सामु अलि चुकेको देखिन्छ।
इतिहासमा राजेन्द्रलक्ष्मी एउटी वीराङ्गना र राष्ट्रमाता भनेर चिनिएकी छिन्। आफ्ना पति प्रतापसिंह शाहको निधन हुँदा उनी दुधे बालक रणबहादुर र राष्ट्रको रक्षाका लागि भनेर सती गइनन्। छोरा रणबहादुर शाहको नायब बनेर उनले शासन चलाइन्। पृथ्वीनारायण शाहले आफ्नो राज्यभित्र पार्न नसकेका लमजुङ, तनहुँ कास्की, पर्वत, प्युठान राज्यहरु नेपालअन्तर्गत पार्न राजेन्द्रलक्ष्मीको महत्त्वपूर्ण योगदान छ। नेपालको एकीकरणमा पृथ्वीनारायण शाहपछि उनको नाम पनि अगाडि आउँछ यी कामहरुको मूल्याड्कन गर्दा उनले गरेका कार्य अवश्य राष्ट्रियता र स्वाधीनताका लागि देखिएका छन्। यति हुँदाहुँदै पनि भारदारहरूको षड्यन्त्रको दलदलमा भने उनी चुर्लुम्म डुबेकी छन्। बहादुर शाहलाई शव' मानेर नरबन्दमा राखेकी छन्। कथामा उनी आफै पनि बहादुर शाहलाई सदुपयोग गर्न नसक्दा पश्चातापमा परेकी छिन्। उनीमा केही व्यक्तिगत स्वार्थ पनि हावी भएको पाइन्छ। बहादुर शाहले एकीकरणको अभियानलाई तीव्र बनाउन खोज्दा, यही कुरालाई लिएर देवर भाउजूको खटपट सरु भएको मानिन्छ। उनले बहादुर शाहलाई पनि साथमा लिएर अगाडि बढ्न सकेकी भए देशको राष्ट्रियता र स्वाधीनता अझ मजबुत हुने देखिन्छ। हुनत उनले भनेजस्तै 'एउटा व्यक्तिले सधैँ सबै कुरामा गुन लाउन कल्ले सक्छ र' लाई आधार मान्ने हो भने समग्रमा उनका काम राष्ट्रियता र स्वाधीनताका लागि मात्र भएको मान्न सकिन्छ।
१२. सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको छ, समीक्षा गर्नुहोस्।
उत्तर :
'घरझगडा' इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो यो कथा कथाकार। बदरीनाथ भट्टराईले लेखेका हुन्। यस कथामा तत्कालीन समयमा राज्यका नेतृत्वकर्ताहरुका बिच हुने आपसी षड्यन्त्र, बैमनस्य, कलह आदिका कारण र परिणामलाई प्रस्तुत गरिएको छ। शक्ति सङ्घर्षको विषयलाई समावेश गरी कथामा 'भाइ फुटे गवार लुटे' भन्ने उखानलाई चरितार्थ गरिएको छ।
राजेन्द्रलक्ष्मी र बहादुर शाह दुबैले प्रतापसिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए। दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन्। शङ्कालु प्रवृत्ति दुबैमा हाबी छ। स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए। भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो। उसै बेलादेखि राजा र भाइ भारदारहरुबीच राजदरबारभित्र अविश्वास र आशङ्काको वीजारोपण भएको मानिन्छ। यही दरबारिया षड्यन्त्रको चक्रव्यूहमा असङ्ख्य भारदारहरुको उत्थान र पतन हुन पुग्यो। भारदारहरु आफ्नो स्वार्थ जोसँग पुरा गर्न सकिन्छ, उसैको पछि लाग्थे। राष्ट्रियता र स्वाधीनताका कुरा गौण रहन्थे। विरोधीहरुको देशनिकाला, नजरबन्द र हत्यासमेत हुन्थ्यो। शक्ति सङ्घर्षको दौरानमा बहादुर शाह पटक पटक नजरबन्द र निर्वासित हुनु पर्यो भने राजेन्द्रलक्ष्मी पनि दरबारभित्रै कैद हुनु पयो। दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा। काम हुन्थ्यो तर उनीहरु नेतृत्वको हानथापमा बढी केन्द्रित रहे।
यो कथा वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक छ। सत्ता प्राप्ति र नेतृत्वको भोक अहिलेका नेताहरुमा अझ विकृत देखिन्छ। सत्ता प्राप्तिका लागि हुने तत्कालीन सङ्घर्षलाई वर्तमान सन्दर्भमा बुझ्न अझ सहज देखिन्छ। राष्ट्रियता र स्वाधीनताका कुरा नारामा मात्र सीमित रहने र सत्तामा पुग्नका लागि जस्तोसुकै हत्कण्डा पनि अपनाउन तयार रहने मानसिकताले बढी काम गरेको देखिन्छ। समग्रमा यस कथामा पनि सत्ता प्राप्ति एउटा 'फोहरी खेल रहेको र सत्ता प्राप्तिका लागि जस्तोसुकै मार्गमा लाग्न तयार हुने शासकहरुको मनोविज्ञान कथामा प्रस्तुत गरिएको छ।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रत्येक जीवका शरीरमा एउटा अत्यन्त सुक्ष्म मन हुन्छ। यो अत्यन्त तीव्र र गतिवान हुन्छ। यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ। यसको आत्मासँग सम्बन्ध विच्छेद भयो भने अचेतन भएर सुप्ता रहन्छ। प्रत्येक व्यक्तिका मनमा सत्व, रज र तम गरी तीन प्राकृतिक गुण हुन्छन्। यी मध्यॆ सामान्यतया कुनै एउटा प्रबल हुन्छ। व्यक्तिमा तीन गुण मध्ये जुन गुण प्रबल रहन्छ, व्यक्तिको आचरण र आनीबानी पनि सोही गुणका विशेषता अनुरुपकै हुने गर्छ। समय समयमा आहार, आचरण र परिस्थितिको प्रभावले गर्दा अन्य गुण पनि जागृत हुन्छन्। आशक्ति र द्वेष शून्य वास्तविक मन सात्त्विक मन हो। रागयुक्त, सचेत र चंचल मन राजस मन हो। क्रोधी र अज्ञानी मनलाई तामस भनिन्छ। त्यसैले सत्त्विक मनलाई शुद्ध, सत्त्व वा प्राकृतिक मानिन्छ भने राजस र तामसलाई दोषपूर्ण मानिन्छ। आत्माबाट चेतना प्राप्त गरेपछि स्वाभाविक वा दोषपूर्ण अनले आफ्ना गुणअनुसार इन्द्रियलाई आआफ्ना वस्तुमा संलग्न गराउँछ। त्यहीअनुसार शारीरिक कार्य सम्पन्न हुन्छन्। आत्माले मनद्वारा इन्द्रियलाई अर्थात् शरीरका अङ्गलाई उत्तेजित गर्छ किनभने मन नै आत्माको साधन हो। मनको सम्पर्क जुन इन्द्रिय संग हुन्छ, ज्ञान पनि त्यही इन्द्रियद्वारा प्राप्त हुन्छ।
क) प्रश्नहरु
उत्तर : व्यक्तिका मनमा सत्व, रज तम गरी तीन प्राकृतिक गुण रहेका हुन्छन्।
(आ) मन र इन्द्रियविचको सम्बन्ध देखाउनुहोस्।
उत्तर : मन अत्यन्त तीव्र र गतिवान् हुन्छ र यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ।
(इ) राजस र तामस मनको तुलना गर्नुहोस्।
उत्तर : रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो भने क्रोधी र अज्ञानी मन तामस मन हो।
(ई) व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन् ?
उत्तर : व्यक्तिका व्यवहार मन, इन्द्रिय र गुणका आधारमा निर्धारण हुँदा रहेछन्।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्।
(अ) अनुच्छेदका 'गर्छ' र ' मानिन्छ' क्रियापदको धातु पहिचान गर्नुहोस्।
उत्तर : गर, मान्।
(आ) अनुच्छेदबाट सकर्मक क्रिया भएका कुनै दुई धातु टिपी अनुच्छेदमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
उत्तर : हुन्छ, गर्छ (जेठमा गर्मी हुन्छ। विवेकले कक्षाकार्य गर्छ।)
(इ) अनुच्छेदबाट दीर्घ ईकार प्रयोग भएका चारओटा शब्द पहिचान गर्नुहोस्।
उत्तर : जीव, तीव्र, तीन, अज्ञानी।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्ः
उमाले किनेको किताब हरिले पनि किने। उमा पसलबाट निस्केर घर जाँदै गरेको देखेर हरि पनि पसलबाट निस्के। उनी घर गए र पढ्ने काम गरे। उमाले पनि घर गएर किताब पढिन्। उमा र हरि रमाए।
(क) माथिका अनुच्छेदमा रेखाडकित किने, निस्के, गए, गरे, पढिन् रमाए क्रियापदका धातु पहिचान गर्नुहोस्।
उत्तर : किन, निस्क, जा, गर, पढ, रमाउ।
(ख) माथिका अनुच्छेदमा रेखाडूकित किनेको, निस्केर जाँदै, गरेको, देखेर, पढ्ने र गएर कुदन्त शब्द कुन कुन धातुबाट बनेका हुन ?
उत्तर : किन, निस्क, जा, गर्, देख, पढ्, जा।
(ग) साथि प्रयोग भएका किने, गरे, पढिन् कर्म लिने सकर्मक कियापद र निस्के, गए, रमाए पद कर्म नलिने अकर्मक कुन धातुबाट बनेका हुन् ?
उत्तर : किन्, गर्, पढ, सकर्मक र निस्क, जा, रमाउ अकर्मक।
२. उदाहरणमा दिए झौं 'लेख उठ, दि, समाउ' घातुबाट कियापद निर्माण गर्नुहोस् :
उदाहरण:
रु - रुन्छ, रोयो, रुने छ, रोला, रुँदै थियो, रोएको थियो, रुन्थ्यो, रोएछ, रोओस्
उत्तर :
लेख - लेख्छ, लेख्यो, लेख्ने छ, लेख्ला, लेख्दै थियो, लेखेको थियो, लेख्य्यो, लेखेछ, लेखोस्।
उठ - उठ्छ, उठ्यो, उठ्ने छ, उठ्ला, उठ्दै थियो, उठेको थियो, उठ्थ्यो, उठेछ, उठोस्।
दि - दिन्छ, दियो, दिने छ, देला, दिँदै थियो, दिएको थियो, दिन्थ्यो, दिएछ, देखेस्।
समाउ - समाउँछ, समायो, समाउने छ, समाउला, समाउँदै थियो, समाएको थियो, समाउँथ्यो, समाएछ, समाओस्।
३. 'घरझगडा कथाको काँडा झरेको ..... चित्त बुझाएँ कथांशमा भएका कृदन्त धातु तथा सकर्मक र अकर्मक क्रियाका रुप पहिचान गर्नुहोस्।
उत्तर :
अकर्मक क्रिया: आएछन्, परें, गयो,
४. सकर्मक र अकर्मक क्रियायुक्त वाक्यको प्रयोग गरी विद्यालयमा सम्पन्न कुनै अतिरिक्त क्रियाकलापको वर्णन गर्नुहोस्।
उत्तर :
गत शुक्रबार विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भएको थियो। मैले पनि भाग लिएको थिएँ। सबिनाले चुट्किला सुनाइन्। चुट्किला सुनेर सबै जना हाँसे। शिक्षकहरु पनि हस्नुभयो। विद्यार्थीले ताली बजाए। ४ बजे हामी घर फर्कियौं।
५. दिइएको अनुच्छेद पढी सुरु बिच र अन्तमा दीर्घ ईंकार प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस् :
डोटीका रवीन्द्र धामी स्याङ्गजाका सन्दीप ज्ञवालीलाई भेट्न काली गण्डकीको तीरनिर रहेको रिडी पुगे। उनले गण्डकीको तीरमा रहेका केलादी तीर्थस्थलको पनि निरिक्षण गरे। कास्कीका कवीन्द्र अधिकारी पनि त्यही रहेछन्। रवीन्द्र, सन्दीप र कवीन्द्र मिलेर रुपन्देही गए। उनीहरुले पर्यटकीय र तीर्थस्थल समेत रहेको लुम्बिनीको भ्रमण गरे। त्यसपछि उनीहरु कोशी नदीको समिपमा रहेको सुनसरीमा पुगी चतरातिर लागे। उनीहरुले पुनीत तीर्थस्थल वराहक्षेत्रको भ्रमण पनि गरे।
उत्तर :
बिचमा दीर्घ ईंकार प्रयोग भएका शब्द: रवीन्द्र, कवीन्द, निरीक्षण, सन्दीप, पर्यटकीय, सगीप
अन्तिममा दीर्घ इकार प्रयोग भएका शब्द : डोटी, काली गण्डकी, कास्की, रिडी, सुनसरी, पुगी, कोसी, लुम्बिनी, अधिकारी,
६. 'घरझगडा' कथाबाट सुरु, बिच र अन्तिममा दीर्घ ईकार प्रयोग भएका शव्द पहिचान गरी साथीसँग छलफल गर्नुहोस्।
उत्तर:
सुरुमा दीर्घ ईकार प्रयोग भएका शब्द :- टीका,
बिचमा दीर्घ कार प्रयोग भएका शब्द :- सजीव, अतीत, राजनीति,
अन्तिममा दी ईकार प्रयोग भएका शब्द :- राजेन्द्रलक्ष्मी, यिनी, कमजोरी, डोरी, नादानी, बेकुफी, सिहिनी, पृथ्वी, यसरी
Our collection of notes/exercise solutions provides you with step-by-step guidance and explanations for each exercise, ensuring a thorough understanding of Ghar Jhagada. Whether you're a student preparing for exams or an individual interested in expanding your knowledge, these resources will prove invaluable.
At Dhanraj's Blog, we strive to deliver high-quality educational content, and this article is no exception. We have carefully compiled the exercise solutions, keeping in mind the updated syllabus, to provide you with accurate and reliable information.
By offering these comprehensive exercise solutions, we aim to support your learning journey and help you excel in your Nepali literature studies. Our resources will empower you to tackle the exercises with confidence and deepen your understanding of Ghar Jhagada.
Stay tuned for more educational resources and insightful articles on Nepali literature. Happy studying 😍!.
Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.
However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam. 😜