Ujyalo Yatra Notes | Class 10 | Nepali | Unit-1 (उज्यालो यात्रा)

ujyalo yatra notes class10 nepali unit 1
DR Gurung
ujyalo-yatra
Dear Students and Teachers, today we provide you the complete Exercise, Grammar and Summary of Class 10 Nepali Unit 1 Ujyalo Yatra (उज्यालो यात्रा). CDC update course content for the year 2082 for class 10 Nepali.

Ujyalo Yatra is a Poem, Written by Ram Prasad Gyawali ( Born: 2024 B.S. ) who is famous Nepalese poet, writes Nepali Poems.

About Ujyalo Yatra

Ram Prasad Gyawali's Ujyalo Yatra (Chanda Badi Kabita) is a twelve-stanza poem, with each stanza consisting of two lines, that highlight the value of hard work, dedication, and discipline. The poem encourages students to follow the correct path that leads to success.

SEE Class 10 Compulsory Nepali | All Units Notes:

  • Ujyalo Yatra Notes | Class 10 | Nepali | Unit-1 (उज्यालो यात्रा)
  • Ghar Jhagada Notes | Class 10 | Nepali | Unit-2 (घरझगडा)
  • Chikitsa Bigyan ra Ayurvedic Chikitsa Notes | Class 10 | Nepali | Unit-3 (चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा)
  • Yasto Kahilei Nahos Notes | Class 10 | Nepali | Unit-4 (यस्तो कहिल्यै नहोस्)
  • Laxmi Prasad Devkota Notes | Class 10 | Nepali | Unit-5 (लक्ष्मीप्रसाद देवकोटा)
  • Adhikar Thulo ke Kartavya Thulo Notes | Class 10 | Nepali | Unit-6 (अधिकार ठुलो कि कर्तव्य ठुलो?)
  • Satru Notes | Class 10 | Nepali | Unit-7 (शत्रु)
  • Nepali Hamro Shram ra Sip Notes | Class 10 | Nepali | Unit-8 (नेपाली हाम्रो श्रम र सिप)
  • Mero Desh Ko Shikshya Notes | Class 10 | Nepali | Unit-9 (मेरो देशको शिक्षा)
  • Byabsayik Chithi Notes | Class 10 | Nepali | Unit-10 (व्यावसायिक चिठी)
  • Kartabya Notes | Class 10 | Nepali | Unit-11 (कर्तव्य)
  • Pablo Picasso Notes | Class 10 | Nepali | Unit-12 (पाब्लो पिकासो)
  • Pakhnos Notes | Class 10 | Nepali | Unit-13 (पख्नोस्)
  • Gharko Maya Notes | Class 10 | Nepali | Unit-14 (घरको माया)
  • Gaumathi euta Kabita Notes | Class 10 | Nepali | Unit-15 (गाउँमाथि एउटा कविता)
  • Aayam Notes | Class 10 | Nepali | Unit-16 (आयाम)

Unit 1: Ujyalo Yatra Notes/Exercise
Ujyalo Yatra Exercise Class 10 Nepali Unit 1 Questions Answers/Notes is given below:

View All SEE Class 10 Nepali Notes:

SEE Class 10 Compulsory Nepali | All Units Notes and Question Papers Collection.

उज्यालो यात्रा


पाठ - १

अभ्यास

शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् :


(क) मनमा उत्पन्न हुने भाव वा विचार
(ख) श्रीखण्ड घोटेर बनाइएको लेप
(ग) गौरवले भरिएको
(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम
(ङ) सबैभन्दा उच्च वा अग्लो

उत्तर:

(क) मनमा उत्पन्न हुने भाव वा विचार- भावना
(ख) श्रीखण्ड घोटेर बनाइएको लेप- चन्दन
(ग) गौरवले भरिएको- सगौरव
(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम- त्याग
(ङ) सबैभन्दा उच्च वा अग्लो- सर्वोच्च

२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :

गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ ।


उत्तर:

आम्दानी- उपार्जन
जनावर- चौपाया

३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्ः

शक्ति, प्रेम, धर्ती, शिर, कर्म, सुन्दर, जिन्दिगी, महान, हावा, आकाश, नयन

उत्तर:

शक्ति- तागत
प्रेम- माया
धर्ती- धरणी
शिर- टाउको
कर्म- काम
सुन्दर- राम्रो
जिन्दिगी- जीवन
महान- उच्च
हावा- वायु
आकाश- नभ
नयन- आँखा

४. ‘उज्यालो यात्रा’ कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्ः

निम्न, दुःखी, अज्ञान, सम्भव, आफ्नो, अन्याय


उत्तर:

निम्न- उच्च
दुःखी- सुखी
अज्ञान- ज्ञान
सम्भव- असम्भव
आफ्नो- अरु
अन्याय- न्याय

५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्:

उदाहरण: धारिलो-भुत्ते, धेरै-थोरै

माथि, उज्यालो, शिर, जित, न्याय


उत्तर:

माथि- तल
उज्यालो- अँध्यारो
शिर- पाउ
जित- हार
न्याय- अन्याय
वाक्यमा प्रयोग:
छाना माथि फर्सी छ।गाउँको तल खोला छ।
दिउँसो उज्यालो हुन्छ।रातमा अँध्यारो हुन्छ।
राकेशले शिरमा टोपी लगाएको छ।जुत्ता पाउमा लगाइन्छ।
आजको खेलमा नेपालको जित भयो।जिन्दगीमा हार मान्नु हुँदैन।
मान्छेहरु न्याय माग्न अदालत जान्छन्।हामी विद्यार्थी अन्यायमा पर्नु हुन्न।

बोध र अभिव्यक्ति

क) दिइएको शब्दको शुद्द उच्चारण गर्नुहोस्:

असम्भव, उच्च, निर्माण, संसार, लालच, सदैव, उद्धत, यात्रा, आदर्श, विश्व

ख) दिइएको कवितांश आठ आठ अक्षरमा विश्राम गरी वाचन गर्नुहोस्:

८ अक्षर
जिन्दगी हाँसला सुखी
दिनुमा बन्छ जो खुसी
जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरु बन्छन्

८ अक्षर
जसका कर्मले बन्छन्
अरुको लिनुमा भन्दा
इर्श्याद्वेष हटाएर
विश्वका निम्ति गौरव

घ) दिइएको अनुच्छेद पढी अनुष्टुप छन्द बारे साथी बिच छलफल गर्नुहोस्।

अनुष्टुप छन्दका चार पाउ हुन्छन्। यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन्। यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (ह्रस्व) हुन्छ र छैंठौं अक्षर गुरु (दीर्घ) हुन्छ। पहिलो र तेस्रो पाउको सातौँ अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौं अक्षर लघु (ह्रस्व) हुन्छ। यसरी प्रत्येक पाउमा सातौं अक्षर क्रमस: गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पुमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ। प्रत्येक आठौँ वर्णपछि यति वा विश्राम हुन्छ।

ङ) 'उज्यालो यात्रा' लेखन र उच्चारण फरक हुने कुनै पांच ओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस्। 
उत्तर: विश्व, जीवन, संसार, कविता, जसका

६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् :

उदाहरण: चन्दन नन्दन

असम्भव, सुखी, सौरभ, भरी, मनोहर, खातिर


उत्तर:

असम्भव - सब
सुखी - खुसी
सौरभ - गौरव
भरी - छरी
मनोहर - सुन्दर
खातिर - शिर

७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जसका भावना हाँस्छन्, मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी।


प्रश्नहरु:

(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस् ।

उत्तर:
जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी।

(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्।

उत्तर:
भाना, रागिनी, जिन्दगी, चाँनी

(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्।

उत्तर:
भावना, रागिनी, जिन्दगी, चाँदनी

(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस्।

उत्तर:

हाँ, भ, बाँ, छ

८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।

जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।


(क) धर्तीलाई केले मनोहर बनाएको छ ?
उत्तर: ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ।

(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
उत्तर: कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि बनाउँछन्।

(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
उत्तर: कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो भनिएको छ।

(घ) कवितांशबाट के सन्देश पाइन्छ ?
उत्तर: हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ।

९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :


(क) 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।
उत्तर: जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौं । हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ । संसारमा असम्भव केही छैन । सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् ।

(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ ?
उत्तर: जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात् सार्थक पार्न उच्च सङ्कल्प लिएर हामी कर्मशील बन्नुपर्छ । हामीले ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्नुपर्छ र उपकारी बन्नुपर्छ । हामी उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ । हाम्रो ज्ञानले धर्तीलाई मनोहर बनाउनुपर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ । कर्म विध्वंशका लागि होइन, निर्माणका लागि हो । त्यस्तै हामीले लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ ।

(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
उत्तर: कवि रामप्रसाद ज्ञवालीले 'उज्यालो यात्रा' कवितामा नैतिक आदर्शको प्रस्तुति गरेका छन् । यस कवितामा कविले मूलतः कर्मशील बन्नुपर्ने धारणा अभिव्यक्त गर्दै उच्च सङ्कल्प लिनुपर्ने उल्लेख गरेका छन् । त्यस्तै ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्दै उपकारी बन्नुपर्ने बताएका छन् । लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायको बाटोमा लाग्नुपर्ने कुरामा कविको जोड रहेको छ । यसप्रकार कविले प्रस्तुत कवितामा महान् कर्मको आदर्श जीवन यात्राको कल्पना गर्दै चन्द्रसूर्य जस्तै उज्यालो छर्दै स्वावलम्बी बन्नुपर्ने उल्लेख गरेका छन् ।

(घ) 'उज्यालो यात्रा' कविताको मूलभाव के हो ?
उत्तर: कविताले मूलत: जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ । विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ । महान् कर्मको आदर्श यात्रामा कहिले चलूँला ? चन्द्रसूर्य जस्तै आफैँ कहिले बसुँला ? आफ्नो पौरखले आफ्नो बाटो कहिले खनूँला ? अनि सर्वोच्च कविता आफैँ कहिले बनूँला ? भन्दै हामी अघि बढ्यौं भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन् । त्यस्तै सत्कर्म र सत्व्यवहारले जीवनको उज्यालो यात्रा तय भई महान् र आदर्श बन्न सकिने भाव वा सन्देशसमेत कवितामा प्रस्तुत भएको छ ।

१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस् ।


उत्तर:

कवितको दोस्रो श्लोक :-
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब । २ ।

व्याकरणिक पदपदक्रम मिलाई गद्यमा रूपान्तरण गर्दा :-

उच्च सङ्कल्प भएमा केही असम्भव छैन । सब महान् मान्छेहरू सङ्कल्पैले बनेका हुन् ।

११. भाव विस्तार गर्नुहोस् :


(क) ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।

उत्तर: प्रस्तुत श्लोक 'उज्यालो यात्रा' शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन् । ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् । घृणाले भन्दा पनि मायाप्रेमले संसार जित्न सकिने र गौरवशाली बन्न सकिने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्ने प्रयास गरेका छन् ।

हाम्रो अरूको उन्नतिमा डाह गर्ने प्रवृत्ति रहेको छ । सामान्य कुरामा पनि हामी इख लिने काम गछौँ । यस्तो बानीले एकआपसमा शत्रुता मात्र उत्पन्न गर्दछ । शत्रुता कसैका लागि पनि हितकर हुँदैन । तसर्थ हामीले ईर्ष्याद्वेष त्याग्नुपर्छ ।

सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नुपर्छ । प्रेमका माध्यमले नै संसार जित्न सकिन्छ । सबैको प्रिय बन्न सकिन्छ । मनबाट ईर्ष्याद्वेष हटाएर जसले प्रेमको सुवास छर्छन् त्यस्तो व्यक्ति वा मान्छे नै विश्वका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।

यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेको डाह र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सक्ने भएकाले हामीले आजैबाट ईर्ष्याद्वेष त्यागेर सबैमा प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट स्पष्ट पारेको छ ।

(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।

उत्तर: प्रस्तुत श्लोक 'उज्यालो यात्रा' शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन् । ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् । कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्दछ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।

कर्मले जिन्दगीलाई हँसिलो र सुखी बनाउन सकिन्छ । हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना र निर्माण गर्नुपर्छ । कर्म नै धर्म भन्ने कुरालाई हामी सबैले मनन गर्दै कर्मशील जीवन बनाउनु आवश्यक छ । महान् र श्रेष्ठ कर्मको यात्रामा सधैं लागिरहने व्यक्ति विश्वका निम्ति आदर्श बन्छ । त्यस्तो व्यक्ति नै समाज, राष्ट्रमा मात्र नभएर विश्वका लागि नमुना र अनुकरणीय मान्छे बन्दछ । तसर्थ हामीले विश्वमा आदर्श र नमुना नका लागि सधैँ महान् कर्म गर्नुपर्छ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।

यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकमा हामीले सधैँ महान् र श्रेष्ठ कर्मको बाटोमा हिड्यौं भने विश्वका लागि आदर्श र नमुना मान्छे बन्न सक्छौं भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट अभिव्यक्त भएको छ । यसका साथै हामी कर्मशील बन्नुपर्छ अनि मात्र सबैका लागि अनुकरणीय बन्न सक्छौं भन्ने सन्देशसमेत
दिएको छ ।

१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस्।


उत्तर: रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित 'उज्यालो यात्रा' शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक कविता हो । अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा बाह्र रहेका छन् । सरल र सरस भाषाशैलीको प्रयोग गरिएको यस कवितामा विभिन्न बिम्ब र दृष्टान्तको यथोचित प्रयोग गरिएको छ । समग्रमा कविता सरल, बोधगम्य र प्रभावकारी बनेको छ । कविताले मूलतः कर्मशील बनेर जीवनरूपी यात्रालाई उज्यालो पारी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ ।

'उज्यालो यात्रा' कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ । कर्मशील व्यक्ति नै महान् र अनुकरणीय बन्ने भावसमेत कवितामा अभिव्यक्त गरिएको छ । जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ भन्दै कवितामा निरन्तरको मिहिनेत र परिश्रमले नै महान् उपलब्धि हासिल गर्न सकिने कुरा बताइएको छ । त्यस्तै हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ । संसारमा असम्भव केही छैन । सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् भन्दै हामीलाई कर्मशील बन्न सकिने तरिका बताइएको छ । कर्मले जिन्दगी हँसिलो र सुखी बनाउन सकिन्छ । अरूसँग लिनेभन्दा पनि अरूलाई दिने अर्थात् उपकारीहरू खुसी रहन सक्छन् । मनबाट ईर्ष्या र द्वेष हटाएर प्रेमको मिठो बास्ना छर्ने मानिसहरू नै विश्वका निम्ति गौरव बन्छन् । प्रेमको सुवास छर्नेहरू नै कर्मशील पनि बन्न सक्छन् । हाम्रो कर्मले उच्च जीवनका पथ लिन सक्यो भने त्यसै पथमा अरू मानिसहरू पनि गौरवसाथ हिँड्दछन् । हामीले प्राप्त गरेको ज्ञानले धर्ती मनोहर पार्न सक्नुपर्छ । हाम्रो कर्मले सुन्दर निर्माण गर्न सक्नुपर्दछ । अन्यायका विरुद्ध खडा भई न्यायका खातिर सधैँ लड्नेहरू नै संसारमा विजयी बनेका छन् । मन र मस्तकमा लोभलालच नहुने व्यक्तिले नै सधैँ त्यागका निम्ति अग्रसर हुनसक्छ भन्दै कर्मशील बन्न अवलम्बन गर्नुपर्ने तरिका स्पष्ट पारिएको छ ।

यसप्रकार सरल, सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट कवि ज्ञवालीले प्रस्तुत कवितमा विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्म गर्नुपर्छ भन्ने स्पष्ट पारेका छन् । यसका साथै कविले चन्द्रसूर्य जस्तै उज्यालो छरेर आदर्श यात्रामा अघि बढी आफ्नो पौरखले आफू हिँड्ने बाटो आफ्नैले खनेर हामी कर्मशील बन्न सक्ने कुरासमेत स्पष्ट पारेका छन् ।

१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस्


उत्तर: कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा हिड्ने अनुमान गरेका छन् । यसका लागि उनी कर्मशील बन्ने अनुमान गरेका छन् । अरूको भरमा नपरेर आफू हिँड्ने बाटो आफ्नै मिहिनेतले बनाउने कविको अनुमान रहेको छ । यो कर्मशील प्रवृत्तिले कवि स्वयम् सर्वोच्च कविता बन्ने र अरूलाई कवि बनाउने कुरा कविले कविताको अन्तिम श्लोकमा अनुमान गरेका छन्।

१४. दिइएको विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :
(क) परिश्रमको फल मिठो हुन्छ।
(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो।


उत्तर:

(क) परिश्रमको फल मिठो हुन्छ।
(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो।

१५. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।

गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रुपमा शिक्षा ग्रहण गर्ने स्थान हो। प्राचीन कालमा शिक्षकलाई आचार्यका रुपमा लिइन्थ्यो र त्यहाँ पढ्ने विद्यार्थीलाई उनको परिवार समान मानिन्थ्यो। त्यसैले त मातापिता र आचार्यलाई उच्च कोटीमा राखी, मातृदेवो भव, पितृदेवो भव र आचार्य देवोभव भनिन्छ।

गुरुकुलमा अहिलेको शिक्षा प्रणाली जस्तो निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो। गुरुकुलमा सबै शिष्य एउतै उमेरका हुँदैनथे तर उनीहरुको सिकाइ एउतै समूहमा हुन्थ्यो। गुरुले शिष्यको उमेर अनुसार शिक्षा दिने व्यवस्था थियो। ठुला शिष्यबाट सानाले सिक्ने परिपाटी पनि गुरुकुलमा हुन्थ्यो। गुरु र शिष्य प्राय: सँगसँगै हुने भएकोले गुरुले अह्राएको बेलामा बेलामा काममा जानुपर्ने हुनसक्थ्यो। जुनसुकै बेला पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो। सामान्यतया गुरुकुलका छात्र विहान सबेरै उठ्ने र अध्ययनका साथ साथै काममा पनि सक्रिय हुने गर्दथे। गुरुकुलमा सैद्धान्तिक अध्ययन भन्दा व्यवहारिक अध्ययनलाई बढी महत्व दिने गरिन्थ्यो। यो शिक्षा प्रणालीमा औपचारिक परीक्षा हुँदैनथ्यो। हरेक समय नीति, व्यवहार र उसको व्यवसायिक कौशलको परीक्षा भइरहन्थ्यो। यसरी प्राचिन कालमा दीक्षान्तको समयमा केही कठिन परीक्षा लिने गरिन्थ्यो। त्यस्ता कठिन परीक्षा विभिन्न खालका हुन्थे। परीक्षाका क्रममा गोप्य रुपमा गुरुले शिष्यलाई नियालिरहेका हुन्थे।  शिष्यले छिचोल्न नसक्ने खालका विघ्न पर्यो भने गुरु अघि सर्थे। त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे।


(क) प्रश्नहरू: 


(अ) गुरुकुल भनेको के हो ?
उत्तर : गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।

(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
उत्तर : गुरुकुलमा सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो ।

(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
उत्तर : गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्रायः सँगसँगै हुने हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ।

(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
उत्तर : गुरुकुलमा नीति, व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिइन्थ्यो । त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एक ओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस्।

उत्तर:

नाम: शिक्षा,
विशेषण: आवासीय
क्रियापद: हो

(आ) 'पढ' धातुबाट एक एक ओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस्।
उत्तर: 'पढ' धातुबाट बन्ने एक ओटा नाम 'पढाइ र क्रियायोगी 'पढ्नाले' हो।

(इ) अनुच्छेदबाट सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस्।

उत्तर: 
सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द :- विद्यालय, शिष्य
बिचमा ह्रस्व इकार प्रयोग भएका शब्द :- सान्निध्य तालिका

अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द :- गुरु, उच्चकोटि

१६. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्।

(ठेलामा तरकारी विक्रेता र क्रेताबिच कुराकानी हुँदै छ।)

क्रेता: नमस्ते हजुर, यो काउलीको दाम कति हो?
विक्रेता: नमस्ते, हेर्नुहोस् न। हिजोदेखि दाम बढेर आको छ। आज काउलीको दाम १०० रुपियाँ छ।
क्रेता: ए! मलाई एक किलो काउली दिनुहोस् न।
विक्रेता: (काउली जोख्दै) अ अरु के के लिनुहुन्छ?
क्रेता: आधा किलो गोलभेंडा पनि दिनुहोस् न।
विक्रेता: हुन्छा हजुर। (गोलभेंडा जोख्दै) ल लिनुस् हजुर।
क्रेता: नयाँ र ताजा तरकारी आयो भने मलाई खबर गर्नु होला ल!
विक्रेता: हस् हजुर। मा भनि हाल्छु नि। हजुर जस्ता ग्राहक भएर त मेरो गुजारा चलेको छ।
क्रेता: तपाईंले आफ्नो पेसा गर्नु भएको छ, यसरि स्वरोजगारी गर्ने मान्छे मलाई मन पर्छ।
विक्रेता: हस् हजुर। सबै व्यवसायीहरुलाई हौसला दिने हजुर जस्ता व्यक्ति हुने हो भने त हामीलाई पनि काम गर्न प्रेरणा मिल्छ।
क्रेता: ल त, अहिले म गएँ, फेरी भेटेर गफ गरौंला।
विक्रेता: हवस्, हजुरसँग कुराकानी गर्न पाउँदा खुसी लाग्छ। आउंदै गर्नुहोला।

(क्रेता सामान लिएर बाटो लाग्छन्। )

माथिको अनुच्छेदमा जस्तै तपाईं पनि कक्षाका साथीसँग मिलेर एकजना पसले र दुई जना ग्राहक बनेर बिनयशिलतापूर्वक कुराकानी पालैपालो कक्षामा प्रस्तुत गर्नुहोस्। 

भाषिक संरचना र वर्णविन्यास

१. दिइएको अनुच्छेदबाट रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी छलफल गर्नुहोस्।

फुर्बा असल विद्यार्थी हुन्। उनी सोलुखुम्बु जिल्लाको जनजागृती माविमा १० कक्षामा पढ्दै छन्। उनी सधैँ विद्यालय जान्छन्। उनी मेहनतपूर्वक पढ्छन्। उनी विहान सबेरै उठ्छन् र आफूले पढ्नुपर्ने पाठ नियमित रुपमा पढ्छन्। कक्षामा गुरुले दिएको कक्षाकार्य सधैँ गर्छन्।

उत्तर:

असल, उनी, पढ्दै छन्, सधैँ, पूर्वक, सबेरै, आफूले, दिएको
असल- विशेषण
उनी- सर्वनाम
पढ्दै छन् - क्रियापद
सधैँ - क्रिययोगी
पूर्वक- नामयोगी
सबेरै- क्रिययोगी
आफूले- सर्वनाम
दिएको- विशेषण

२. दिइएको सन्दर्भ पढ्नुहोस् र पद्वार्गा विचलन बारे साथी सँग छलफल गर्नुहोस्:


पदवर्ग विचलन सम्बन्धी बैठक

पदवर्गको टोलमा एउटा बैठक बसेको छ। उक्त बैठकको मुख्य विषयवस्तु 'पदवर्ग  विचलन एक विमर्श' रहेको छ। उक्त बैठकमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक, र निपातलाई निम्त्याइएको छ। आफ्नो वर्गका शब्द अर्को वर्गमा प्रवेश गरे भनेर विशेषणले उजुरी गरेको रहेछ। 'गरिव', 'धनी', 'नेपाली', 'दु:खी', 'सुखी', जस्ता विशेषणका पद घरी नामको वर्गमा प्रवेश गर्ने र घरी विशेशणका पद नै हो भन्ने गरेर हैरान पारे भनेर विशेषणले उजुरी गरेको रहेछ। पदवर्गले सबै उजुरी हेरेछन्।

'गरिब', 'धनी', 'नेपाली', 'दु:खी', 'सुखी', जस्ता विशेषण शब्दले बयान दिंदै भनेछन्, "हामी वाक्यमा प्रयोग हुँदा हामीलाई कहिलेकाहीं नामको काम गर्नु पर्ने भयो। हाम्रा अगाडि नाम बसिदिएको अवस्थामा भने हामि त्यही त्यै नामको विशेषता बताउँछौं र विशेषण बन्छौं। हाम्रा अगाडि नाम नभएमा हामीले नामको काम गर्नुपर्ने रहेछ।" सर्वनामले पनि भनेछ। "हो यो समस्या हामीलाई पनि छ, जस्तै: 'त्यो गयो। त्यो केटा आयो।' यहाँ पहिलो वाक्यमा 'त्यो' सर्वनाम र दोस्रो वाक्यमा 'त्यो' विशेषण भएर दुवै रुपमा प्रयोग हुनुपरेको छ। हामी नामका सट्टामा आउने हो तर नाम हामी सँगै आयो भने हामीले नामको विशेषता बताउनै पर्ने र विशेषण बन्ने पर्ने हुन्छ।" त्यस्तै समस्या क्रियायोगी र नामयोगीमा पनि रहेछ। माथि, तल, वारि, पारि जस्ता क्रियायोगी नाम सँग जोडिएर आउँदा नामयोगी हुँदा रहेछन्। त्यस्तै 'र' लाई चाहिँ कहिले निपात त कहिले संयोजक बन्नु पर्ने बाध्यता रहेछ। 'लौ, मैले आजको बैठक को चुरोको कुरो बुझेँ' भन्दै नामले जुरुक्क उठेर भनेछ, "आफू जुन वर्गको भए पनि वाक्यमा प्रयोग हुँदा सन्दर्भअनुसार अर्को वर्गमा जान सकिन्छ। त्यस्तो अवस्था पदवर्ग विचलन हो भनेर बुझौं है, साथी हो। " विशेषणले पनि चित्त बुझाएछ, सर्वनाम, नामयोगी अरु सबैले ताली बाजाएछन्।

३. दिइएको अनुच्छेद पढी रेखाङ्कित पदको पदवर्ग छुट्याउनुहोस्:

गरिब वर्गको उत्थान नभई देश समृद्ध बन्दैन। गरिबलाई राज्यले विशेष ध्यान दिनु पर्छ। धनी व्यक्ति वा सम्पन्न व्यक्ति बाट कर लिनुपर्छ। साथै धनी र सम्पन्नको व्यवसायको संरक्षण र त्यसका लागि उचित वातावरण पनि राज्यले गर्नुपर्छ। गरिबीको रेखामुनि वा रेखातल अवस्थित समुदायलाई सधैं तल रहने वातावरण सिर्जना हुनुहुँदैन। यसो भयो भने यो देशका असङ्ख्य विपन्न व्यक्तिका उत्थान हुनेछ किनकि विपन्नलाइ सम्पन्न नबनाई देश कहिल्यै विकशित हुँदैन।


उत्तर:

गरिब→ विशेषण
गरिबलाई→ नाम
धनी→ विशेषण
सम्पन्न→ विशेषण
धनी→ नाम
सम्पन्न→ नाम
तल→ नामयोगी
तल→ क्रियायोगी
विपन्न→ विशेषण
विपन्न→ नाम

४. 'उज्यालो यात्रा' कविताको श्लोक बाट एक एक ओटा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, र नामयोगी वर्गका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।


उत्तर:

गौरव = नामम नेपाली भएकोमा गौरव गर्छु।
जो = सर्वनामजो आएपनि मलाई मतलब छैन।
तिनै = विशेषणजसले गल्ती गर्छन्, कार्वाही गर्नुपर्छ भनेर पनि तिनै अघि सर्छन्।
बन्छन् = क्रिया मिहिनेत गर्नेहरु नै सफल बन्छन्।
हटाएर = क्रिययोगीबुबाले हकवालाको नामबाट मेरो नाम हटाएर भाइको नाम राख्नुभएछ।
निम्ति = नामयोगीमेरो निम्ति बुबाले धेरै दु:ख गर्नु भएको छ।

५. कोष्ठकमा दिइएको सङ्केत अनुसार तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:.


उत्तर:

(क)
बादल लाग्यो र पानी पर्यो। (र : संयोजक)
तिमी कहाँ बस्छौ र ? (र : निपात)

(ख)
दराज भित्र कोट छ। (भित्र : नामयोगी)
ऊ कोट लगाएर भित्र गयो।  (भित्र : क्रियायोगी)

(ग)
तिमी खोला राम्रो सँग तर।  (तर : क्रिया)
निश्चल आयो तर पुषन आएन। (तर : संयोजक)
मलाई तर मन पर्छ। (तर : नाम)

(घ)
यो राम्रो छ। (यो : सर्वनाम)
यो फूल राम्रो छ। (यो : विशेषण)

(ङ)
वृद्ध मान्छे आउनु भयो। (वृद्ध : विशेषण)

वृद्ध आउनु भयो। (वृद्ध : नाम)

६. पदवर्ग विचलन भएको कुनै तीन ओटा शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस्।


उत्तर:

गरिव हुनु रहर होइन बाध्यता हो। हामीले गरिवलाई माया गर्नु पर्छ। आजको सम्पन्न मान्छे सधैं सम्पन्न नै हुन्छ भन्ने छैन। त्यसैले सम्पन्नको व्यवसायको संरक्षण राज्यले गर्नु पर्छ। त्यस्तै सरकारले देशका विपन्न व्यक्तिहरुको उत्थान हुने कार्य गरेर विपन्नलाई माथि उठाउन सहयोग गर्नु पर्छ।

७. दिइएको अनुच्छेदबाट शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्:

निरन्तर घोटिएर मात्र दाउरो चन्दन बन्छ भनिन्छ। मिहिनेत गरियो र पढियो भने मात्र आफूले चाहेको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ। विद्यार्थीले चाहेको लक्ष्यअनुसार भविष्यमा चिकित्सक, इन्जिनियर, शिक्षक अनि साहित्यकार आदि बन्न सक्छन्। आज कर्म गर्नेले भोलि फल प्राप्त गरेरै छाड्छन्।


उत्तर:

सुरु - निरन्तर, मिहिनेत, चिकित्सक, शिक्षक, विद्यार्थी
मध्य - घोटिएर, मिहिनेत, चिकित्सक, भानिन्छ, गरियो
अन्त्य - आदि, प्राप्ति, भोलि

८. शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका १० ओटा शब्द पर्ने गरी आफूलाई मन पर्ने विषयमा एउटा अनुच्छेद तयार गर्नुहोस्।


उत्तर:

निरन्तर अनुशासित भएर अध्ययन गरे राम्रो उपलब्धि हासिल गर्न सकिन्छ। विद्यार्थी जीवन मिहिनेत गरेर पढ्यो भने भोलि हामीले राम्रो भविष्य प्राप्ति गर्न सक्दछौं।

सिर्जना र परियोजना कार्य

१. 'विद्यार्थी जीवन' शीर्षकमा छोटो कविता लेख्नुहोस्।


उत्तर:

शिक्षाको काम हो मुख्य विधा बुद्धि धनार्जन
त्यसको निम्ति धेरै गर्नु मस्तिष्क मार्जन।

स्वस्थ शरीर मस्तिष्क मानेर पहिलो धन
दीर्घायु प्राप्तिका निम्ति लागोस् तिम्रो सदा मन।

मानेर गुरुको अर्ती राखी जम्मै शिरोपर
सिक्नकै निम्ति बाँच्नु सिकिराख्नु सधैंभर।

ज्ञानदाता भए ईश विधालय छ मन्दिर
स्वयम् नै भक्त हौ बुझ्नु भक्ति राख्नू निरन्तर।

डुङ्गाझैँ देशका निम्ति बन्नु सत्पात्र धीवर
डुङ्गा उत्रिन्छ या डुब्छ तिमीमै हुन्छ निर्भर।

Ujyalo Yatra Summary (उज्यालो यात्राको सारांश) - Ujyalo Yatra is a Nepali Poem, which emphasizes the importance of hard work, perseverance, and honesty in achieving success in life.

Ujyalo Yatra Mul Bhab (उज्यालो यात्राको मूल भाव) -
Complete Summary and Mul Bhab of Poem Ujwalo Yatra is given as:

राम प्रसाद ज्ञवाली (वि.सं. २०२४) नेपाली साहित्य जगतका सुपरिचित कवि हुन्। उनका काव्यकृतिहरुमा औंसीका फूलहरु (महाकाव्य), एकादेशमा (खण्डकाव्य), पुतली र झुसिल्किरा (कविता  सङ्ग्रह), शब्दार्थ सौन्दर्य (कविता सङ्ग्रह), र हिँडी रहूँ हिँडी रहूँ (यात्रा काव्य), आदि रहेका छन्। 'उज्यालो यात्रा' अनुष्टुप छन्दमा कुँदिएको सुन्दरतम कविता हो। यस कवितामा कर्म नै जीवन हो भन्ने कुरालाई मिहिन रुपमा देखिएको छ। राम्रो कर्म गरेमा राम्रो फल पाइन्छ भन्ने भाव प्रस्तुत गरिएको यो सुन्दर नीति चेतनामूलक कविता हो।

असल कर्ममा महान शक्ति हुन्छ। यसले घनघोर जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउँछ। मेहनत र पौरखको फल सदा मिठो हुन्छ। मेहनतले असम्भवलाई सम्भव बनाउँछ। जसरी दाउरा घोटेर चन्दन बन्छ, त्यसरी नै तन र मन लगाएर काम गरे सधैँ सफलता पाइन्छ। हामीले उच्च सङ्कल्प लिएर काम गर्नु पर्छ। यस धर्तीमा असम्भव भन्ने कुरा मूर्खको कितावमा मात्र भेटिन्छ। महान् सङ्कल्प लिएमा महान् मानिस बन्न सकिन्छ। गान्धी, रुसो सङ्कल्पले नै महान् बनेका हुन्। यिनको कर्मले संसार सुखी बनेको छ। सारा जगत् हँसिलो र रसिलो बनेको छ। अरुको लिनुमा भन्दा दिनुमा अपार आनन्द मिल्छ। हाम्रो शास्त्रले पनि परोपकारलाई ठुलो धर्म मानेको छ। असल कर्मको फल नै स्वादिलो हुन्छ।

यसरी नै ईर्ष्या र द्वेषले आँफैलाई नष्ट गर्छ। यसलाई प्रेमको सुवासले हटाउन पनि सकिन्छ। प्रेम छर्ने सन्तहरु नै विश्वका अनन्त गौरव बनेका छन्। तिनको भवन र खुसीमा संसार बाँचेको छ। तिनले रातको चन्द्रमा बनेर यस धर्तीलाई उज्यालो बनाएका छन्।  चन्द्रमा जस्तो तिनको जीवन हाम्रा लागि पनि प्रेरणा हो। तिनको उच्च कर्म बाट आज हामी उच्च जीवन जिउन सफल छौं। तिनकै बाटामा आज मानिसहरु गौरवले हिड्न पाएका छन्। सारा ज्ञान जुटेर एक बन्दा धर्ती मनमोहक बन्न पुगेको छ। एक थुकी सुकी सय थुकी नदी भने झैँ धर्तीको सुन्दरता ज्ञानको इँटा थपिएर नै सम्पन्न बनेको छ। न्यायका लागि उभिनेहरू हाम्रा आदर्श हुन्। तिनीहरुकै त्याग र बलिदानले संसारको शीर ठाडो भएको छ। तिनका असल कार्यबाट शान्ति र स्वतन्त्रता मिलेको छ। विश्व नै न्यायप्रेमीको अनुपम नासो हो। यिनले अन्यायको पासो बाट सबैलाई मुक्त गरेका छन्।

लोभ लालचले जीवनलाई बर्बाद बनाउँछ। जो यसमा फस्दैनन् तिनको शीर ठाडो हुन्छ। आफ्नो जीवन त्याग्न पछि नपर्नेहरू नै महान कर्मयोगीहरु हुन्। कर्म गरेर फलको आशा नगरी अघि बढ्नेहरु नै महामानव हुन्। यिनलाई विश्वले नै पुज्छ। कवि फेरी प्रश्न गर्छन् कि यस्तो पवित्र कर्मको यात्रामा कहिले चल्न सकिएला त! चन्द्रसूर्यको जस्तो कान्ति कहिले छर्न सकिएला त! अनि कवि अझ गहिरो भावमा हराउँछन्। आफ्नै पौरखले जीवनको बाटो खन्न सकिएला त भनेर उत्तर खोज्छन्। प्रत्येक नेपालीको सर्वोच्च कविता बनेर उभिने उनको रहर छ। हो, यही आदर्श बाटोमा हिँडेर चन्द्रसूर्य जस्तै उज्यालो छर्ने मानिस हामी बन्नु पर्छ। पौरख गरेर आफ्नो बाटो आफैँ खन्नु पर्छ। कविताको कृतिमा कीर्ति राखेर सबैको प्रीतिमा रमाउनुपर्छ। कर्मलाई जीवनमा सजाउनुपर्छ। अनि मात्र जीवन जीवन हुन्छ। कर्म नै धर्म बन्छ। यस कविताको मर्म नै यही हो।

अत: दुई हरफका बाह्रओटा श्लोकहरुमा सजाइएको यो एक उत्कृस्ट छन्द कविता हो। असल व्यक्ति बन्न असल कर्म गर्नु पर्ने कुरालाई कविले आकर्षक तरिकाले सजाएका छन्। यसबाट नै यस पृथ्वीमा बाँच्नुको सार मिल्छ , यसमा नै जीवनको सदाबहार फूल फुल्छ। यसरि कर्मलाई पूजा गर्ने मर्म बोकेको यो एक उत्कृस्ट नैतिक सन्देश दिन सक्षम कविता हो। यहाँ बिम्ब, प्रतीक र अलङ्कारको उचित समिश्रण छ। सरल र सरस शैलीमा तत्सम र तद्भव शब्दको सफलतम प्रयोग गरिएको छ।

How This Ujyalo Yatra Note/Guide Can Help You?

1. Easy Understanding of Themes:
This guide breaks down the chapter’s themes and central ideas into simple, digestible points, making it easier for students to comprehend the lessons. By focusing on the chapter’s key messages, students can better relate the story to real-life scenarios.

2. Improves Exam Preparation:
The chapter’s content is analyzed to align with the curriculum's objectives, helping students prepare effectively for their exams. With clear explanations and concise answers, this guide ensures students have a strong grasp of the material.

3. Enhances Critical Thinking:
Beyond rote learning, the guide encourages students to think critically about the story’s lessons. It demonstrates how determination, self-belief, and hard work can lead to success, inspiring students to adopt these values in their own lives.

4. Builds Confidence in Writing:
By providing well-structured explanations, the guide serves as a model for writing better answers in exams. Students can use this as a reference to improve their sentence construction and presentation.

5. Fosters Personal Growth:
The lessons from "Ujyalo Yatra" go beyond academics. By understanding the protagonist's journey, students can learn to face their challenges with resilience and optimism, skills that are essential in all aspects of life.

Conclusion

The note/guide to "Ujyalo Yatra" aims to simplify the chapter while highlighting its profound messages. It’s not just about answering questions correctly but understanding the values that the chapter instills. This comprehensive analysis will help Class 10 students enhance their academic performance, develop critical thinking, and adopt life skills essential for future success.

Through its lessons of perseverance and hope, "Ujyalo Yatra" inspires readers to embark on their journeys with courage and determination. Let this guide be your companion as you navigate through the light and challenges of learning.

DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) ����
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam. 😜